जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

कांग्रेसका डम्बर खड्कालाई भोट माग्न इलाम २ का मतदाताको घरदैलोमा गगन थापा

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
कांग्रेसका डम्बर खड्कालाई भोट माग्न इलाम २ का मतदाताको घरदैलोमा गगन थापा

इलाम: नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम आएका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् ।

गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भन्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे । त्यसक्रममा उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको आवश्यकता भएको बताए । उत्तेजना र भड्कावको राजनीति गर्न नहुने उनको भनाइ छ ।

महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए । ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नुपर्छ,’, महामन्त्री थापाले भने ।

०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसंग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए । उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा ९एमाले० ले ‘माओवादीलाई ठेगान लगाऔं’ भन्दा कांग्रेसले नै माहोल सम्हालेको दाबी गरे । अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमाण्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाए पनि केन्द्रीय नेताहरु इलामका गाउँ घुमिरहेका छन् । पूर्वी नेपालमा पहिचानको मुद्दा पेचिलो बन्दै गएपछि इलाम २ को उपनिर्वाचनमा शीर्ष दलहरु पहिचानवादीहरुसँग डराएको अवस्था छ ।

२०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसले इलाम–२ मा कांग्रेसका खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजि भएपछि देउवाले दोस्रो अवसर दिएका हुन् । नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो । कांग्रेस यो उपनिर्वाचनको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा छ ।

TOP