जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रास्वपाका मिलन लिम्बू चुनावी प्रचार गर्दै मतदाताका घर-घरमा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रास्वपाका मिलन लिम्बू चुनावी प्रचार गर्दै मतदाताका घर-घरमा

चुलाचुली: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० इलाम २ का उम्मेदवार मिलन योङहाङ लिम्बूले चुलाचुली क्षेत्रका आफ्ना मतदाताहरुसँग भेटघाट गर्दै चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएका छन् ।

मतदातासँग भेटघाट गर्ने क्रममा चुलाचली पुगेका उनले सञ्चारमाध्यमसँग कुरा गर्दै मतदाताहरुले नयाँ पार्टी रास्वपाप्रति निकै ठूलो उत्साह देखाएकाले आफ्नो विजय सुनिश्चित भएको बताए । ‘चुलाचुली आएपछि मलाई के थाहा भयो भने यहाँका मतदाताहरु पुराना पार्टीहरुको व्यवहारबाट निकै वाक्क दिक्क हुनु भएको छ । त्यसैले उहाँहरुमा नयाँ पार्टीप्रति निकै उत्साह छ ।’, लिम्बूले भने ।

जनताले दिएको मायाका आधारमा आफू जित्ने निश्चित भई सकेको भन्दै उनले आफू जनताको मतको प्रतिक्षामा रहेको बताए । रास्वपाको चुनाव प्रचार–प्रसार टोलीमा इलामका संयोजक प्रकाश सापकोटा, सह–संयोजक सन्तोष श्रेष्ठ, कोशी प्रदेशका सभापति राजेश तिम्सिना, झापा संयोजक उमेश खरेल, चुलाचुली गाउँपालिका सचिव लोकनाथ पौडेल लगायतका नेता कार्यकर्ताहरु रहेका छन् ।

आगामी वैशाख १५ मा इलाम २ मा हुन लागेको उपनिर्वाचनमा इलामका सबै राजनीतिक पार्टीका साथै स्वतन्त्रहरुले पनि आफ्नो चुनावी प्रचार–प्रसारलाई अघि बढाएका छन् । इलाममा मतदान हुनका लागि अझै १६ दिन बाँकी रहँदा सबै पार्टीहरु आ–आफ्नो चुनावी प्रचारमा होमिएका हुन् ।

चुनावमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि रास्वपाका तर्फबाट पार्टी सभापति रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको छ भने एमालेका तर्फबाट पनि पार्टी अध्यक्ष केपी ओली तथा नेपाली काँग्रेसका तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि इलाम आएका छन ।

यो निर्वाचनमा एमालेलाई आफ्नो तीन दशकको विरासत जोगाउने चुनौती छ भने नेपाली काँग्रेसलाई तीन दशकदेखिकै पराजयको मुल्य चुक्ता गर्ने चुनौती रहेको छ । तर, पुराना राजनीतिक दलहरुको विरुद्ध आवाज उठाउँदै उदाएको रास्वपालाई भने इलामको विजय हासिल गर्दै पूर्वलाई आफ्नो आधारभूमी बनाउने चुनौती छ ।
रास्वपाको केन्द्रीय नेतृत्वले इलामको निर्वाचनलाई विशेष महत्वका साथ अघि बढाउनकै लागि सह–महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाएर इलाममै खटाएको छ । अब के हेर्न बाँकी छ भने आगामी १५ गतेको उपनिर्वाचनमा इलामेली जनताले पुराना पार्टीलाई रोज्छन कि नयाँलाई भन्ने प्रश्न सबैका लागि रोचक बनेको छ ।

TOP