जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामेली समाज दक्षिण कोरियाद्वारा ३० लाख बराबरको स्वास्थ्य सामग्री वितरण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामेली समाज दक्षिण कोरियाद्वारा ३० लाख बराबरको स्वास्थ्य सामग्री वितरण

इलामः इलामेली समाज दक्षिण कोरियाले इलाम जिल्ला १० वटै स्थानीयतहका ग्रामीण क्षेत्रमा ३० लाख बाराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ गत वर्ष सेक्टेम्बर ३० तारिकमा समाजद्वारा ‘इलाम चियाबारी साँगीतिक धमाका २०२३’ कोरियामा आयोजना गरेको थियो ।

नेपाली कलाकारहरु कोरियामा लगेर सांगीतिक कार्यक्रमको गरेको यस कार्यक्रमबाट बचेको रकम जिल्लाको चार नगरपालिका र छ गाउँपालिका गरी जम्मा १० वटा स्थानीयतहमा सामाग्री पुर्याएको समाजका पुर्व अध्यक्ष दपर्ण गुरुङले बताए ।
२४ वटा स्वास्थ्य कार्यालयहरुमा एकै साथ सामाग्रीसहित समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ सालको क्यालेण्डर पनि हस्तान्तरण गरिएको समाजका अध्यक्ष टिका थेगिमले जानकारी गराए । स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले समाजका प्रतिनिधिहरु मार्फत स्थानीयतहका सरोकारवालहरुलाई समान हस्तान्तरण गर्न चुलाचुली गाउँपालिकाको तोरीबारी,साक्फारा फुङनाममा चन्द्र बहादुर राई,माङ्सेबुङको लारुम्बा र गजुरमुखीमा नरेन्द्र कुमार राई र धडकन सम्बाहाम्फे,फाकफोकथुमको फुएतप्पा,ठिंगेपुर, एकतप्पामा दिपक योङहाङ र मिलन सम्बाहाम्फे, रोङमा राजन चाम्लिङ,सुर्योदय नगरपालिकामा प्रेम रिजाललाई प्रतिनिधि खटाएको थियो ।
यसैगरी, माई नगरपालिकाको थाक्ले, सालबोटे,माई जोगमाईको सोयाङ र जोगमाई,सन्दकपुरको जमुना, माबु र फेमेगुरु इलाम नगरपालिकाको सुम्बेक,सॉंखेजुङ,बरबोटे र पिपलबोटे साथै देउमाई नगरपालिकाको चमैता, मैदाने र शान्तिडॉंडालगायत १५ स्थानलाई इलाम बजारबाट समाजका पूर्वअध्यक्ष दर्पण गुरुङ, वर्तमान कार्यसमिति सदस्य यामु राई र मान बहादुर लिम्बु लगायतको टिमले वितरण गरेको जनाइएको छ ।

सूर्योदय र हरियाली इलामको पहिचान, पर्यटन प्रवर्धन र समाज सेवा हाम्रो अभियान भन्ने नारा लिएर सन् २०१४ मा इलाम घर भइ दक्षिण कोरियामा रहेका नेपालीले स्थापना गरेको संस्था हो । संस्थाले स्थापना कालदेखिनै दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरुसंग हातेमालो,सहकार्य र भाइचाराको सम्बन्ध बनाउँदै कोरियामा आपत विपतमा परेका नेपालीको उद्धार नेपालमा रहेका हरेक पीडित परिवारलाई सहयोग गर्दै आएको छ ।

विदेशमा रहेर पनि नेपालमा बसोबास गर्ने नेपालीलाई हरेक क्षेत्रमा सहयोग गर्ने साथै आफ्नो भुगोलको भलाईमा हरपल एक जुट भएर शिक्षा,स्वास्थ्य,पर्यटन,विकाश निर्माणलगायतमा साथ सहयोग गरिरहेको अध्यक्ष थेगिमको भनाइ छ ।

TOP