जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

श्रीबुङ्गको पुराण तथा दोमाङ पाठको आय–व्यय सार्वजनिक

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
श्रीबुङ्गको पुराण तथा दोमाङ पाठको आय–व्यय सार्वजनिक

फिक्क्ल :इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ ठूलो श्रीबुङ्ग टोल विकास समिति अन्तरगत रहेको शिव मन्दिरमा गत फागुन २१ गते देखि २९ गते सम्म लागेको शिव महिमा पुराण तथा दोमाङ पाठको आयव्यय सार्वजनिक गरिएको छ । पुराण आयोजक समिति अध्यक्ष तथा टोलविकास समितिका अध्यक्ष विगेन्द्र राइको अध्यक्षतामा एक कार्यक्रमका विच आर्थिक गतिविधि सार्वजनिक गरिएको हो ।
समितिका सचिव गंगाधर निरौलाले पुराणमा भएका आम्दानी र खर्च विवरणको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार पुराण अवधिभर जम्मा १६ लाख ५७ हजार ३ सय ८७ रुपैंया आय भएको छ भने ७ लाख १ हजार १ सय ५१ खर्च भएको छ ।
आय तर्फ रसिदबाट १ लाख ४३ हजार ४१, खातामा १४ लाख २७ हजार २ सय ६२ , मण्डप तथा लासेमबाट ३१ हजार ३ सय ३४ , तथा तोला दानबाट ३५ हजार ७ सय ५० रुपैयाँ संकलन भएको छ भने खर्च तर्फ खाद्यन्नमा १ लाख २५ हजार ३ यस २०, तरकारी तथा फलफुल खरीदमा ४१ हजार ५ सय ९०, राधेराधे तथा फुजा कपडामा ७९ हजार ९ सय ६५, पुजा सामाग्रीमा ३० हजार ५ सय ८०, प्रिन्टीङमा ८१ हजार २ सय ११, स्टेसनरीमा १ हजार ७ सय २५, इन्धनमा १५ हजार ८ सय ६० गाउँको पसल तथा खाजा नास्तामा २० हजार ९ सय ५, लामा,पण्डित, पुजारी तथा झाँकिमा १ लाख ६५ हजार ३ सय ५५ , पण्डाल तथा जग्गेमा ६६ हजार १० र इलेक्ट्रानिकमा ६२ हजार ६ सय ३० भएको छ । सामान बेचेर पाउन बाँकी २२ हजार रकम सहित जम्मा ९ लाख ७८ हजार २ सय ३६ बचत रहेको छ ।
अन्तु डाँडा केन्द्रीत हुने पर्यटकको रोजाइलाइ विस्तार गर्न धार्मिक , साँक्रितिक, सामाजिक र आर्थिक विकासलाइ गाउँसम्म जोड्दै लाने उदेश्यले टोल विकाश समितिले ७ दिने पुराण आयोजना गरेको समितिका सहसचिव विबेक शर्मा लामिछानेले जान्कारी दिनुभयो ।
हिसाव सार्वजनिक कार्यक्रमलाइ भोजराज लामिछानेले स्वागत गर्नुभएको थियो भने पण्डित व्यवस्थापन संयोजक प्रसुराम रिजाल, नैना पौडेल लगायतले आफ्ना भनाइहरु राख्नु भएको थियो । उपस्थित टोल विकास समिति सदस्यको सुझाव लिदै आर्थिक प्रतिबेदन स्वीकृत गरिएको छ । कार्यक्रम समापन गदै अध्यक्ष विगेन्द्र राइले बचेको रकमबाट विभिन्न जातजातिको साझा धार्मिक आस्थाको केन्द्र बनाउन पहल गरिने बताउनु भयो ।
मन्दिरका लागी राम गुरूङ र लक्षुमण गुरूङले जग्गा उपलब्ध गराउनु भएकोछ । समितिका अनुसार मन्दिरको नाममा जग्गाको स्वमित्व लिने प्रक्रियामा रहेको छ ।

TOP