खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

रोङको हाँसपोखरीमा पर्यटन तथा कृषि महोत्सव हुने

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
रोङको हाँसपोखरीमा पर्यटन तथा कृषि महोत्सव हुने

फिक्क्ल: धार्मिक पर्यटन ,स्थानीय कृषि उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिका स्थित हाँसपोखरीमा पर्यटन तथा कृषि महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत ३० गतेदेखि आगामी वैशाख ६ सम्म ‘रोङ पर्यटन तथा कृषि महोत्सव – २०८१’ को आयोजना हुने भएको हो ।
‘रैथाने कृषि उत्पादनको बिक्रीवितरण , धार्मिक तथा मौलिक संस्कृतिको प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो’ रोङ उद्योग बाणिज्य संघका उपाध्यक्ष डायमण्ड तिम्सिनाले भन्नु भयो ।महोत्सवमा स्थानीय पाथीभरा मन्दिको दर्शन सहित , स्थानीय उत्पादनका स्टल राखीने छ ।
कार्यक्रममा सांगितिक तथा सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुने रोङ उद्योग बाणिज्य संघका अध्यक्ष नगेन्द्र राईले बताउनु भयो । उहाले थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाका स्टल,कृषि उपजका स्टल,होटल खेलकुद तथा मनोरञ्जनात्मक खेल र रोटेपिङ लगायत अन्य आकर्षक स्टल रहने बताउनु भयो ।
रोङ गाउँपालिका उपाध्यक्ष बिस्णुमाया भुजेलले,महोत्सवका अवसरमा स्थानीय स्तरमा उत्पादन भएका कृषि उत्पादन रोङ गुन्द्रुक ,रोङ सिस्नो ,मह तथा अर्गानिक चिया ,कफि आदिको बिक्रिवितरण हुने र यसले आर्थिक चलायमान हुँने बताउनु भयो । एक लाख पर्यटक भित्रिने अपेक्षा राखिएको महोत्सव आयोजना गर्न २२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवको आयोजना रोङ उद्योग बाणिज्य संघले गर्न लागेको हो ।

TOP