जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङको हाँसपोखरीमा पर्यटन तथा कृषि महोत्सव हुने

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
रोङको हाँसपोखरीमा पर्यटन तथा कृषि महोत्सव हुने

फिक्क्ल: धार्मिक पर्यटन ,स्थानीय कृषि उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिका स्थित हाँसपोखरीमा पर्यटन तथा कृषि महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत ३० गतेदेखि आगामी वैशाख ६ सम्म ‘रोङ पर्यटन तथा कृषि महोत्सव – २०८१’ को आयोजना हुने भएको हो ।
‘रैथाने कृषि उत्पादनको बिक्रीवितरण , धार्मिक तथा मौलिक संस्कृतिको प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो’ रोङ उद्योग बाणिज्य संघका उपाध्यक्ष डायमण्ड तिम्सिनाले भन्नु भयो ।महोत्सवमा स्थानीय पाथीभरा मन्दिको दर्शन सहित , स्थानीय उत्पादनका स्टल राखीने छ ।
कार्यक्रममा सांगितिक तथा सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुने रोङ उद्योग बाणिज्य संघका अध्यक्ष नगेन्द्र राईले बताउनु भयो । उहाले थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाका स्टल,कृषि उपजका स्टल,होटल खेलकुद तथा मनोरञ्जनात्मक खेल र रोटेपिङ लगायत अन्य आकर्षक स्टल रहने बताउनु भयो ।
रोङ गाउँपालिका उपाध्यक्ष बिस्णुमाया भुजेलले,महोत्सवका अवसरमा स्थानीय स्तरमा उत्पादन भएका कृषि उत्पादन रोङ गुन्द्रुक ,रोङ सिस्नो ,मह तथा अर्गानिक चिया ,कफि आदिको बिक्रिवितरण हुने र यसले आर्थिक चलायमान हुँने बताउनु भयो । एक लाख पर्यटक भित्रिने अपेक्षा राखिएको महोत्सव आयोजना गर्न २२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवको आयोजना रोङ उद्योग बाणिज्य संघले गर्न लागेको हो ।

TOP