प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाम–२ उपनिर्वाचन : कांग्रेसबाट सभापति खड्का नै उम्मेदवार

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाम–२ उपनिर्वाचन : कांग्रेसबाट सभापति खड्का नै उम्मेदवार

फिक्क्ल: आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बनेका छन् । पार्टीले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसंग ११४ मतान्तरले पराजित भएका थिए ।

नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । अन्य दलका उम्मेदवार र स्वतन्त्र चुनावी प्रचारपसारमा जुटिरहँदा उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो । खड्का पार्टीका जिल्ला सभापती पनि हुँन । राजनीति संगै समाज सेवाका काममा पनि खड्का अग्रसर छन ।

TOP