जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

नयाँ बर्षमा अन्तु महोत्सव हुने

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
नयाँ बर्षमा अन्तु महोत्सव हुने

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले नयाँ बर्षको अवसरमा अन्तु पर्यटन महोत्सव गर्ने भएको छ ।पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको नगरपालिकाले अन्तुमा थप पर्यटक भित्राउन र नयाँ बर्षलाई थप उल्लासमय बनाउन महोत्सव आयोजना गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
२०८० चैत्र ३० र २०८१ बैशाख १ लाग्ने महोत्सवमा बिभिन्न सांस्कृतिक र सांगितिक कार्यक्रम गर्ने भएको छ । महोत्सवमा स्थानीय खाद्य परिकार र हस्तकलाको स्टल राखीने छ भने दिपावली र डिजे सेसन समेत गरीने नगरका योजना अधिकृत खेम राईले जानकारी दिनु भयो । नगर उप प्रमुख दुर्गाकुमार बरालले स्थानीय खानाका परिकार र लोपउन्मुख लाप्चा समुदायका संस्कृति महोत्सवका आकर्षका रुपमा रहेने छन् । महोत्सव अन्र्तगत चैत्र २८ गते वृहत सरसफाई कार्यक्रम हुनेछ । चैत्र ३० गते सूर्योदय आइडलको प्रस्तुती रहने छ भने बैशाख १ गते सूर्योदयको दृश्यावलोकन गरी सांस्कृतिक झाँकी प्रदर्शन गरीने उप प्रमुख बरालले जानकारी दिनु भयो । उपप्रमुख बरालले दैनिक पाँच हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने होटल, होमस्टे र कटेज लगायतका पूर्वाधार अन्तुमा रहेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले दैनिक ३ हजार भन्दा बढी पर्यटकले अन्तु भ्रमण गर्दै आएको तथ्यांक नगरमा रहेको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नु भयो‘हामीले पर्यटन क्षेत्रमा लगानी बढी नै गरेका छौ, अव थप प्रचार गरी पर्यटन प्रवर्धन गर्नु छ ।’
महोत्सवमा याम बराल ,गणेश पराजुली, यशोदा पराजुली लगायतका कराकारले सांगीतिक प्रस्तुती राख्ने छन् । उक्त अवसरमा लागु पदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तिजन्य बस्तुहरुको नियमन, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम समेत गरीने छ ।
अन्तु सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान मानिन्छ । अन्तु पोखरी, अन्तुका होमस्टे , कटेजमा पर्यटक घुमफीर गर्न रुचाउने गरेको छ । सूर्योदय नगरपालिकालाई कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा यस अघि नै गरेको छ । अन्तु र कन्याम स्वदेशी पर्यटकको रोजाईमा परेका गन्तब्य हुँन ।

TOP