जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको सूर्योदयमा लागु औषध,मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानको शुभारम्भ

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयमा लागु औषध,मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानको शुभारम्भ

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकामा आजबाट लागु औषध दूब्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान शुभारम्भ भएको छ । सूर्योदय नगरपालिका इलामको आयोजनामा ‘सभ्य, स्वच्छ र समुन्नत समाज हाम्रो सपनाः लागु औषधमुक्त नगर हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ लागु औषध दूब्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान नगर प्रमुख रण बहादुर राईल शुभारम्भ गर्नु भएको हो ।
नगर प्रमुख राईको अध्यक्षतामा शुभराम्भ भएको कार्यक्रमका विशेष अतिथि दार्जिलिङ्ग निवासी युथ मोटिबेसनल स्पीकर प्रिमुस भुटियाले युवालाई कुलतमा नफस्न आग्रह गर्नु भयो । उहाले आफु जिवनको महत्वपूर्ण क्षणमा कुलतमा फसेको सुनाउदै अहिले कुलतबाट मुक्त भएर त्यहि पाठ पढाउदै हिडेको बताउनु भयो । उहाले कुलतले मान्छेको जीवनलाई नर्कमा पुर्याउने भन्दै युवा–विद्यार्थीलाई कुलतबाट टाढै रहन आग्रह गर्नु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १४ औं नगर सभाले ऐन नै पास गरेको जानकारी दिदै ऐन अनुसार कार्यान्वयन हुँदै जाने बताउनु भयो । उहाले स्थानीय मदिरा उत्पाद , प्रयोग र बिक्री बितरण संगै बजारमा पाईने मदिराको बिक्री बितरण प्रयोग सम्बन्धी ऐन निर्माण गरी नगर सभाले पास गरीसकेको जानकारी दिनु भयो ।
नगरले मदिरा बेच्ने पसलले अनिवार्य सूचीकृत हुनु पर्ने ऐनमा उल्लेख छ स साथै नगरले मदिरा बिक्री गर्ने स्थान, समय तोकेको छ । ऐन लागु भए पछि उक्त ऐन अनुसार हुँने नगर प्रमुख रण बहादुर राईले बताउनु भयो । नगर प्रमुख राईले सबैको भविश्य निर्माणका लागि गरीएको उक्त कार्यमा सबैलाइृ साथ दिन आग्रह गर्नु भयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी, सरोकारवाला लगायतको सहभागीता थियो ।
सूर्योदय नगरपालिका क्षेत्रभित्रका विभिन्न बजार र वडामा आजदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा नगरपालिका क्षेत्रभित्रका युवा–विद्यार्थीलाई कुलतबाट बचाई÷जोगाई सभ्य, सुसंस्कृत र कर्तव्यनिष्ट नागरिक बनाउन कार्यक्रमको आयोजना गरिएको नगरका योजना अधिकृत खेम राईले जानकारी दिनु भयो ।
सचेतना अभियान ९ गते हर्कटे, १२ गते पशुपतिनगर बजार, १३ गते तीनघरे बजार, १४ गते गोर्खेको मंगलबारे बजार, १५ गते अन्तु भञ्ज्याङ्ग बजार, १८ गते कटुसे बजार, २० गते सू.न.पा.३ र ७ नं. वडा कार्यालय, २१ गते सू.न.पा.८ र ९ नं. वडा कार्यालय र २२ गते सू.न.पा.११ र १३ नं. वडा कार्यालयमा सञ्चालन हुनेछन् । जसमा युवा, विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय अभिभावक र स्थानीय संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

TOP