पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

इलामको सूर्योदयमा लागु औषध,मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानको शुभारम्भ

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
इलामको सूर्योदयमा लागु औषध,मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानको शुभारम्भ

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकामा आजबाट लागु औषध दूब्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान शुभारम्भ भएको छ । सूर्योदय नगरपालिका इलामको आयोजनामा ‘सभ्य, स्वच्छ र समुन्नत समाज हाम्रो सपनाः लागु औषधमुक्त नगर हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ लागु औषध दूब्यसनी, मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान नगर प्रमुख रण बहादुर राईल शुभारम्भ गर्नु भएको हो ।
नगर प्रमुख राईको अध्यक्षतामा शुभराम्भ भएको कार्यक्रमका विशेष अतिथि दार्जिलिङ्ग निवासी युथ मोटिबेसनल स्पीकर प्रिमुस भुटियाले युवालाई कुलतमा नफस्न आग्रह गर्नु भयो । उहाले आफु जिवनको महत्वपूर्ण क्षणमा कुलतमा फसेको सुनाउदै अहिले कुलतबाट मुक्त भएर त्यहि पाठ पढाउदै हिडेको बताउनु भयो । उहाले कुलतले मान्छेको जीवनलाई नर्कमा पुर्याउने भन्दै युवा–विद्यार्थीलाई कुलतबाट टाढै रहन आग्रह गर्नु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १४ औं नगर सभाले ऐन नै पास गरेको जानकारी दिदै ऐन अनुसार कार्यान्वयन हुँदै जाने बताउनु भयो । उहाले स्थानीय मदिरा उत्पाद , प्रयोग र बिक्री बितरण संगै बजारमा पाईने मदिराको बिक्री बितरण प्रयोग सम्बन्धी ऐन निर्माण गरी नगर सभाले पास गरीसकेको जानकारी दिनु भयो ।
नगरले मदिरा बेच्ने पसलले अनिवार्य सूचीकृत हुनु पर्ने ऐनमा उल्लेख छ स साथै नगरले मदिरा बिक्री गर्ने स्थान, समय तोकेको छ । ऐन लागु भए पछि उक्त ऐन अनुसार हुँने नगर प्रमुख रण बहादुर राईले बताउनु भयो । नगर प्रमुख राईले सबैको भविश्य निर्माणका लागि गरीएको उक्त कार्यमा सबैलाइृ साथ दिन आग्रह गर्नु भयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी, सरोकारवाला लगायतको सहभागीता थियो ।
सूर्योदय नगरपालिका क्षेत्रभित्रका विभिन्न बजार र वडामा आजदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा नगरपालिका क्षेत्रभित्रका युवा–विद्यार्थीलाई कुलतबाट बचाई÷जोगाई सभ्य, सुसंस्कृत र कर्तव्यनिष्ट नागरिक बनाउन कार्यक्रमको आयोजना गरिएको नगरका योजना अधिकृत खेम राईले जानकारी दिनु भयो ।
सचेतना अभियान ९ गते हर्कटे, १२ गते पशुपतिनगर बजार, १३ गते तीनघरे बजार, १४ गते गोर्खेको मंगलबारे बजार, १५ गते अन्तु भञ्ज्याङ्ग बजार, १८ गते कटुसे बजार, २० गते सू.न.पा.३ र ७ नं. वडा कार्यालय, २१ गते सू.न.पा.८ र ९ नं. वडा कार्यालय र २२ गते सू.न.पा.११ र १३ नं. वडा कार्यालयमा सञ्चालन हुनेछन् । जसमा युवा, विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय अभिभावक र स्थानीय संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

TOP