कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण

फिक्क्ल:  इलामको सूर्योदय नगरपालिका वडा नं १० का जेष्ठ नागरिकलाई रेडियो वितरण गरिएको छ । वडाको आर्थिक बर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकर र दलित लक्षित कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका जेष्ठ नागरिक तथा ६० वर्ष माथिका दलित जेष्ठ नागरिकहरुलाई रेडियो वितरण गरीएको हो ।
१० नं. वडाका वडाध्यक्ष पेमा उगेन लामाका अनुसार टोल टोलमा वडाको सिंगो जनप्रतिनिधि र कर्मचारी टिम पुगेर रेडियो वितरण गरीएको छ ।सोमबार पहिलो दिन सूर्योदय नगरपालिका वडा नं १० स्थित कानकाइमाई टोल,साई प्रशान्ती टोल,संगम फिक्कल टोल,सुन्दर टोल,रत्नचोक टोल,मिलन टोल,नवयुवा टोल र सुम्निमा टोलमा रेडियो वितरण गरिएको छ ।
वडाध्यक्ष लामाले उक्त कार्यक्रम मार्फत रेडियो प्राप्त गर्नुहुने जेष्ठ नागरिकले मोवाइल प्रयोग गर्न नजान्ने भएकाले रेडियोबाट सूचना तथा मनोरञ्जनका सामग्री प्राप्त गर्न सहज भएको बताउनु भयो । उहाले रेडियो सूचनाको सहज माध्यम भएकाले काम गर्दै समेत सुन्न सकिने भएकाले रेडियोले समेत सहित सूचना प्रसारण गर्नु पर्ने बताउनु भयो । वडा सदस्य सरु गदालले बृद्धबृद्धाको सहरा रेडियो भएको बताउनु भयो।

TOP