जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने

इलाम : हरेक वर्षको सेम्टेम्बर २७ तारिखको दिन मनाउँदै आएको विश्व पर्यटन दिवस यस पटक इलाममा फोटो प्रतियोगिता आयोजना गरेर मनाईने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा आगामी असोज ११ गते उक्त दिवस मनाईने भएको हो ।

उक्त प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले जानकारी दिइन् । मुलुक संघीयतामा प्रवेश गरे पश्चात इलाम नगरको क्षेत्र पनि ठुलो भएको र हाल इलाम नगरको सीमा भित्र रहेका अन्य पर्यटकिय स्थलहरुको पुन पहिचान गरि फोटोको माध्यमबाट त्यस प्रकारका क्षेत्रहरुको उजागर गर्न यस प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सापकोटाको भनाई छ ।

यता सह आयोजकको रुपमा रहेको नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाले भने प्रतियोगिताको सम्पूर्ण तयारी गर्ने, उत्कृष्ट फोटो छनौट गर्ने, इमेल मार्फत प्राप्त फोटोहरुलाई इलाम चोकबजारमा रहेको डिस्प्ले बोर्डबाट प्रदर्शन गर्ने लगायतका कार्यहरु गर्नु पर्ने संघकी सहसचिव सुनिता राईले जानकारी दिएकी छन् । उनका अनुसार प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ ।

पुरस्कृत फोटोलाई पर्यटन दिवसको अवसरमा पुरस्कृत गरिने छ । नेपाल फोटो पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष राजेश पराजुलीका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि पालना गर्नु पर्ने शर्त तथा सीमाहरु बारे मंगलबार साँझबाट विभिन्न सामाजिक संजाल, संचार माध्यमहरुबाट प्रशारण तथा प्रकाशन गरि जानकारी गराईने छ ।

TOP