खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने

इलाम : हरेक वर्षको सेम्टेम्बर २७ तारिखको दिन मनाउँदै आएको विश्व पर्यटन दिवस यस पटक इलाममा फोटो प्रतियोगिता आयोजना गरेर मनाईने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा आगामी असोज ११ गते उक्त दिवस मनाईने भएको हो ।

उक्त प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले जानकारी दिइन् । मुलुक संघीयतामा प्रवेश गरे पश्चात इलाम नगरको क्षेत्र पनि ठुलो भएको र हाल इलाम नगरको सीमा भित्र रहेका अन्य पर्यटकिय स्थलहरुको पुन पहिचान गरि फोटोको माध्यमबाट त्यस प्रकारका क्षेत्रहरुको उजागर गर्न यस प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सापकोटाको भनाई छ ।

यता सह आयोजकको रुपमा रहेको नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाले भने प्रतियोगिताको सम्पूर्ण तयारी गर्ने, उत्कृष्ट फोटो छनौट गर्ने, इमेल मार्फत प्राप्त फोटोहरुलाई इलाम चोकबजारमा रहेको डिस्प्ले बोर्डबाट प्रदर्शन गर्ने लगायतका कार्यहरु गर्नु पर्ने संघकी सहसचिव सुनिता राईले जानकारी दिएकी छन् । उनका अनुसार प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ ।

पुरस्कृत फोटोलाई पर्यटन दिवसको अवसरमा पुरस्कृत गरिने छ । नेपाल फोटो पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष राजेश पराजुलीका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि पालना गर्नु पर्ने शर्त तथा सीमाहरु बारे मंगलबार साँझबाट विभिन्न सामाजिक संजाल, संचार माध्यमहरुबाट प्रशारण तथा प्रकाशन गरि जानकारी गराईने छ ।

TOP