कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बिर्तामोडको आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
बिर्तामोडको आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने

फिक्कल: झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो ।

आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हो ।शिविरमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डक्टर बबिता शर्माले बिरामीको हेरचाह तथा परामर्श गर्ने छिन् ।

भारतको एम्स अस्पतालमा चार वर्ष सेवा गरेर झापा फर्किएकी डक्टर शर्माले चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा बिरामीको उपचार गर्ने सञ्चालक राईले बताए ।शिविरमा दैनिक २० जना मात्र बिरामीलाई परामर्श दिइने आरआर पोलिक्लिनिकले जनाएको छ । शिविरमा बिरामीको निःशुल्क जाँच गरिनेछ ।

TOP