जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशिल बनाउदै सूर्योदय नगरपालिका

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशिल बनाउदै सूर्योदय नगरपालिका

फिक्कल:  इलामको सूर्योदय नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र इन्सर्योरको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि उद्यमशिलता बिकास तालिम आज सम्पन्न भएको छ । बिदेशबाट फर्किएका युवालाई उद्यमशिल बनाउने उद्देश्यले नगरका २४ जना युवालाई पाँच दिने तालिम दिइएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधी भट्टराईको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राइको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापनमा सहभागीलाई प्रमाणपत्र बितरण गरीएको थियो । नगर प्रमुख राईले सकारात्मक शन्देसलाई असन्तुलित हुने गरि नकारात्मक शन्देसमा प्रचार नगर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । उहाले दुग्धजन्य उत्पादनमा आएको समस्या समाधानका लागि सकारात्मक बन्न सबैलाई आग्रह गर्नु भयो ।
पालिकाको पहलमा प्रदेश र संघले खोरेत मुक्त बनाउन पहल गरिरहेको र खोरेत मुक्त घोषणाको प्रक्रिया सम्पन्न भए संगै दुग्धजन्य उत्पादन बिदेश निर्यातको बाटो खुल्ने बताउनु भयो । सबैले सकारात्मक खबदारी सहित धैर्यता गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।
कार्यक्रममा हेल्भेटास नेपाल अन्र्तगतको इन्सयोर परियोजनाका टेक्निकल अफिसर राम अवतार शाह, प्रशिक्षक मुकुन्द ज्ञवाली , प्रशिक्षार्थी कृष्ण तामाङ र इन्द्र लामाले आफनो धारण राख्नु भएको थियो । कार्यक्रमा शाखा प्रमुख भट्टराईले इन्सयोरले आगामी दिनमा समेत लेभल टु का तालिम संचालन गरीने जानकारी दिनु भयो ।

TOP