प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव हुँने

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव हुँने

इलाम : इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने आदिवासी याक्थुङरलिम्बू साँस्कृतिक महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना हुने महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने जानकारी दिएको छ ।

इलाम सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गरी किरात याक्थुङ चुम्लुङले महोत्सव र राष्ट्रिय चुम्लुङको तयारी पूरा भएको जनाएको छ । इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित हुने चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

महोत्सवमा साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङरलिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच ९केस्लाङ०, धाननाच ९यास्लाङ०, पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने अध्यक्ष सोङ्मीले जानकारी दिइन् । पाहुनाहरुलाई तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाइने उनले बताइन् ।आदिवासी याक्थुङरलिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन, विकास एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले इलाम चोक बजारमा महोत्सव आयोजना गरिएको सोङ्मीको भनाई छ ।

यस्तै, राष्ट्रिय चुम्लुङको तयारी पनि पूरा भएको छ । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने चुलुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् । लिम्बुवानका ९ जिल्ला, उपत्याकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका सयौं प्रतिनिधी राष्ट्रिय चुम्लुङमा सहभागी हुने उनले जानकारी लिइन् ।

यसैगरी प्रदेश नं। १ को “लिम्बुवान प्रदेश कार्य समिति” र “नेवा(ताम्सालिङ प्रदेश कार्य समिति”, थप ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु, व्यवस्थापक जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरु र अन्य सहभागी गरी २३० जना भन्दा बढी छलफलमा सहभागी हुने उनले जानकारी दिइन् ।

राष्ट्रिय चुम्लुङमा विभिन्न समसामयिक विषयमा छलफल हुने चुम्लुङका संघीय उपाध्यक्ष डा। कमल तिगेलाले जानकारी दिए । छलफलका प्रदेश १ को नाम कोशी नाम खारेजी तथा‘‘लिम्बुवान, किरात’’ नामाङ्करणको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ । यसैगरी साँगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै यो राष्ट्रिय चुम्लुङले एक वर्षे नीति तथा कार्यक्रम तय गर्नेछ । यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङरलिम्बु भाषा विकासको योजना, इलाममा विजयबहादुर लिम्बुलगायतका सहिदहरुको लिम्बुवानका लागि बलिदानताको चर्चा र लिम्बु याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा लगायतका विषयहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुने उपाध्यक्ष तिगेलाले जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङ २०४६ साल भदौ १७ गते स्थापना भएको आदिवासी याक्थुङरलिम्बु समुदायको प्रतिनिधिमूलक साझा संस्था हो । चुम्लुङले आदिवासी याक्थुङरलिम्बु समुदायको साँस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायतको क्षेत्रमा काम गर्दै आएको छ । नयाँ बुलन्द

TOP