अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उप-निर्वाचनको तयारी थाल्दै , सह-महामन्त्री बुर्लाकोटी अवस्था बुझन फिल्डमा

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उप-निर्वाचनको तयारी थाल्दै , सह-महामन्त्री बुर्लाकोटी अवस्था बुझन फिल्डमा

फिक्क्ल:  इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको छ । हिजो बसेको पार्टी सचिवालयको बैठकले पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो । इलामको बसाईमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको रास्वपाका सूर्योदय नगर सभापति रमेश भट्टराइले जानकारी दिनु भयो ।

संविधानसभाका अध्यक्ष तथा २ नं क्षेत्रका सांषद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।उम्मेद्बारीको विसयमा पार्टी आन्तरिक छलफलमा रहेको आधिकारिक निर्णय आउन बाकी रहेको स्थानीय वा केन्द्रीय स्तरको बारे छलफलमा रहेकोसभापति रमेश भट्टराइले जानकारी दिनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाए संगै सकेसम्म स्थानीय उम्मेदवार नै खोज्ने उहाको भनाइ छ ।

TOP