Hamropalika menu advertisement

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उप-निर्वाचनको तयारी थाल्दै , सह-महामन्त्री बुर्लाकोटी अवस्था बुझन फिल्डमा

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उप-निर्वाचनको तयारी थाल्दै , सह-महामन्त्री बुर्लाकोटी अवस्था बुझन फिल्डमा

फिक्क्ल:  इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको छ । हिजो बसेको पार्टी सचिवालयको बैठकले पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो । इलामको बसाईमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको रास्वपाका सूर्योदय नगर सभापति रमेश भट्टराइले जानकारी दिनु भयो ।

संविधानसभाका अध्यक्ष तथा २ नं क्षेत्रका सांषद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।उम्मेद्बारीको विसयमा पार्टी आन्तरिक छलफलमा रहेको आधिकारिक निर्णय आउन बाकी रहेको स्थानीय वा केन्द्रीय स्तरको बारे छलफलमा रहेकोसभापति रमेश भट्टराइले जानकारी दिनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाए संगै सकेसम्म स्थानीय उम्मेदवार नै खोज्ने उहाको भनाइ छ ।

TOP