जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकालाई

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकालाई

इलाम : १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत इलाममा सञ्चालित जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ ।सोमबार माङसेबुङ गाउँपालिका(२ स्थित डोलटारमा सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि हात पारेको हो । इलाम नगरपालिका गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सञ्चालित जिल्लास्तरीय छनौट प्रतियोगिताको समेत विजेता पालिका हो ।

जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्रछात्रा सहभागी प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र सात कास्य पदकसहित रोङ गाउँपालिका दोस्रो, ११ स्वर्ण, २० रजत र २६ कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भएका छन् ।सात स्वर्ण, छ रजत तीन कास्य पदकसहित फाकफोकथुम गाउँपालिका चौथो, चार स्वर्ण, पाँच रजत र नौ कास्य पदकसहित चुलाचुली गाउँपालिका पाँचौ, तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित माईजोगमाई गाउँपालिका छैठौं र तीन स्वर्ण, एक रजत र तीन कास्य पदकसहित माङसेबुङ गाउँपालिका सातौं भएको भएको छ ।

त्यस्तै, दुई स्वर्ण, एक रजत र १४ कास्य पदकसहित माई नगरपालिका आठौं, एक रजत र दुई कास्य पदकसहित देउमाई नगरपालिका नवौं तथा एक रजत र एक कास्य पदकसहित सन्दकपुर गाउँपालिका दशौं भएका छन् ।प्रतियोगितामा स्वर्ण पदक विजेता इलाम नगरपालिकाले नगद रु १५ नगदसहित राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको छ । रजत पदक विजेता रोङ गाउँपालिकाले रु १२ नगद हजार र कास्य पदक विजेता सूर्योदय नगरपालिकाले नगद रु १० हजारसहित ट्रफि प्राप्त गरेको भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालसहित माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पुरस्कार प्रदान गरेका थिए ।जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको  व्यवस्था -पनमा भएको प्रतियोगिता अन्तरगत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, भलिबलतर्फ दुई स्वर्ण र दुई रजत, तेक्वान्दोतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य, कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य, एवम् उसुतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
सधैं इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन हुन थालेको हो । गत वर्ष फाकफोकथुम गाउँपालिकामा सञ्चालन भएको प्रतियोगिता यस वर्ष माङसेबुङ गाउँपालिकामा सञ्चालन भएको हो । आउँदो साल माई नगरपालिकामा प्रतियोगिता सञ्चालन हुने गरी झण्डा हस्तान्तरण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले जानकारी दिए । जिल्ला स्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यसाथ सदरमुकामबाहिर सुरु गरिएको उनले बताए ।बुल्न्द

TOP