जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

इलामका पालिका मध्ये कार्य सम्पादनमा सूर्याेदय पहिलो

  • प्रकाशित मितिः January 22, 2025
  • हाम्रो पालिका
इलामका पालिका मध्ये कार्य सम्पादनमा सूर्याेदय पहिलो
Spread the love

फिक्क्ल: स्थानीय तह कार्य सम्पादनमा इलामका १० पालिका मध्ये सूर्याेदय नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको मूल्यांकन नतिजामा सूर्याेदय नगरपालिका ४१ दशमलब ८५ अंकसहित जिल्लाको पहिलो भएको हो ।
केही महिनाअघि सार्वजनिक तथ्यांक अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा पनि सूर्याेदय नगरपालिका ९६ प्रतिशत अंकसहित जिल्लाको उत्कृष्ट भएको थियो । गत बर्ष आर्थिक बिकास तर्फ सूर्योदय नगरपालिका देशकै उत्कृष्ठ भएको थियो ।
देउमाई नगरपालिका ३८.९ अंक सहित जिल्लाको दोस्रो भएको छ । रोङ गाउँपालिका ३८.३६ अंकसहित जिल्लाको तेस्रो तथा गाउँपालिकामध्ये पहिलो भएको छ ।
इलामको सबै भन्दा पुरानो इलाम नगरपालिका ३७.५९ अंकसहित चौथो मात्र भएको छ भने ३४.१७ अंकसहित सन्दकपुर गाउँपालिका पाँचौं भएको छ । माइजोगमाई गाउँपालिका ३३.७८ अंक ल्याएर छैटौं हुँदा ३३.४२ अंक ल्याएको माङ्सेबुङ गाउँपालिका सातौं स्थानमा छ । चुलाचुली गाउँपालिका ३१.८६, फाकफोकथुम गाउँपालिका ३०.९४ र माई नगरपालिका २८.३ अंकसहित क्रमसः आठौं, नवौं र १०औं भएका छन् ।
आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा विभिन्न १६ सूचकलाई आधार बनाएको थियो । स्थानीय तहले २०८० असार १० भित्र आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा÷नगरसभामा पेस गरे÷नगरेको, गाउँ कार्यपालिका÷नगर कार्यपालिकाले त्यही आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभावाट २०७९ असार मसान्तभित्र पारित गरे÷नगरेको, स्थानीय तहले आव २०८१÷८२ को आय–व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको सूचक राखेको थियो । यस्तै, स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, स्थानीय तहको आव २०७९÷८० को विनियोजित रकमअनुसार खर्चको अवस्था, त्यही आवको लेखापरीक्षणबाट औंल्याएको बेरुजुको अवस्था र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे÷नगरेको पनि मूल्यांकन गरिएको छ ।
यसैगरी, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, त्यही शैक्षिक सत्रमा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक १.६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत पनि मूल्यांकन गरेको थियो ।
आर्थिक वर्ष २०७९÷८० मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, कुल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाको अनुपात यसका मापदण्ड थिए ।

 

TOP