फिक्क्ल : इलामको माङसेबुङमा सम्पन्न हुँने १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ल खेलकुद बिकास समितिको आयोजना र माङसेबुङ गाउँपालिकाको ब्यवस्थापनामा फागुन १२ देखि १४ गते सम्मा माङसेबुङ गाउँपालिकाको डोलटार खेल मैदानमा हुँने प्रतियोगिता बारे हायोजक जिल्ला खेलकुद बिकास समितिले पत्रकार सम्मेलन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
प्रतियोगितामा छात्र÷छात्रा भलीबल, हाईजम्प, लङजम्प र मार्सल आर्टका सबै बिधाका खेल हुँने छन्। पालिका स्तरबाट छनौट भई , जिल्ला स्तरमा र जिल्ला स्तरमा छनौट भएका खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागीता जनाउने पत्रकार सम्मेलनमा खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । उहाले बिद्यालय खेलकुदका रुपमा रहेको यो प्रतियोगिता खेलाडी उत्पादन गर्ने थलो भएकाले स्थानीय पालिकाहरुले अपनत्व लिनु पर्नेा जोड दिनु भयो ।जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष बाँस्तोलाले बताउनुभयो । प्रतियोगितामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका छात्र र छात्रा खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेता टिम एवम खेलाडीले शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एम् खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् ।जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले अन्य काम समितिले गरेको र स्थानीय ब्यवस्थापकीय काम गाउँपालिकाले गरेकाले प्रतियोगिता सम्पन्न गर्न कुनै समस्या नरहेको बताउनु भयो । उहाले प्रतियोगितामा जाने खेलाडीलाई सहज रुपमा राख्नका लागि महिला पुरुषको संख्या छुट्याउने काम भैरहेको जानकारी दिनु भयो ।
प्रतियोगिता आयोजना स्थलमा ढिलो गरी निर्माणको काम भने भैरहेको पाईएको छ । पालिकाले खेलमैदान तयार गर्ने काम गरी रहेको गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङले जानकारी दिनु भयो । करिव एक हजार बढी प्रतियोगि र अफिसियललाई प्रतियोगिता स्थलमा बास बसाउनु पर्ने भए पछि पालिकालाई ब्यवस्थापनको चटारो छ । पालिकाले खेलमा सहभागी हुँन गएका बिद्यार्थी र अफिसियल राख्नका लागि चिसापानी पंचमी बजार , रक्से बजार र नजिकका घरहरुमा बस्ने ब्यवस्थापन गरीरहेको छ । खेलमैदानमा पानीको ब्यवस्थापन पालिकाले गरेको छ । सौचालय निर्माण गर्ने देखिका धेरै चुनौती पालिकालाई अहिले देखिएको छ । पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि गापा उपाध्यक्ष नेम्वाङको संयोजक्त्वमा बिभिन्न समिति समेत बनाएको छ ।
गत बर्ष प्रतियोगिता सम्पन्न गर्दा फाकफोकथुम गाउँपालिकामा २७ लाख बढीको कारोबार भएको थियो । यस पटक माङसेबुङमा पनि सोहि बराबरको कारोबार हुने बुझीएको छ । जुन रकम पालिका भित्रै रहने गर्दछ । खेलको माध्यमबाट स्थानीय क्षेत्रको पर्यटन प्रवर्धन समेत हुँने भएको छ ।खेल मैदान सहित ब्यवस्थापकीय पक्षको सुरक्षा निकाय सहित गाउँपालिकाको टिमले अनुगमन तथा निरीक्षण समेत गरेको छ ।
सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिए पछि इलाम जिल्लाका गाउँ–गाउँमा खेलकुदको क्रेज बढेको आयोजकले जनाएको छ ।जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड जिल्ला खेलकुद बिकास समितिको पहलमा गत सालदेखि ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिए पछि राष्ट्रपति रनिङ शिल्डको उपाधी चुम्नका लागि आयोजना गरीएका प्रतिष्पर्धाका कारण गाउँ–गाउँमा खेलकुदको क्रेज बढेको हो ।
पालिका स्तरीय प्रतियोतिा सम्पन्न भए पछि अहिले इलामका १० पालिकामा उपाधि कब्जा गर्नका लागि क्लोज क्याम्प भैरहेका छन् । पालिकाले निश्चित बजेटकै ब्यवस्था गरी खेल क्षेत्रमा काम गर्दै आएका छन ।गाम्रिण क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दा २० देखि २५ लाख रुपियाँ खर्च लाग्ने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् ।अध्यक्ष बास्तोलाले भन्नु भयो‘टालटुले रुपमा हुँने प्रतियोगितालाई हामीले ग्रामिण क्षेत्रमा लगे पछि ग्रामिण खेल पर्यटनको समेत बिकास भएको छ ।’
इलामको माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा माई नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ राष्ट्रपति रनिङ शिल्ड ग्रामिण क्षेत्रमा हुँन थाले पछि सबैले अवसर पाएका छन, यो राम्रो हो।’ नगर प्रमुख लिम्बुले सरकार परिवर्तन संगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत बताउनु भयो । नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुँने छ ।
इलामको माईजोगमाई गाउँपालिकाले खेलकुदको बिकासका लागि अध्यक्ष कप शिर्षका चालु आर्थिक बर्षमा १५ लाख रुपियाँ रकम बिनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरे अनुासर खेलकुद प्रतियोगिताका लागि थप रकम उपलब्ध गराईने गरीएको जानकारी दिनु भयो ।सूर्योदय नगरपालिकाले चालु आर्थिक बर्षमा युवा तथा खेलकुद कार्यक्रम शिर्षकमा ८५ लाख रुपियाँ रकम बिनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । उहाले नगरको आन्तरिक उक्त स्रोत बाहेक प्रत्येक वडाले समेत रकम खेलकुद क्षेत्रमा बिनियोजन गरेको जानकारी दिनु भयो ।
यस पटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आर्थिक बर्षमा खेलकुद क्षेत्रका लागि २० लाख रुपियाँ रकम बिनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताउनु भयो । ‘आर्थिक रुपमा सबै पालिकाले समान रुपमा लागनी गर्नु पर्छ , अर्को बर्ष फेरी अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो’अध्यक्ष राइृले भन्नु भयो । पालिका स्तरको बाहेक पालिकाले वडागत रुपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ । पालिकाहरुले प्रतियोगिता संगै खेलमैदान निर्माणको काम समेत गरीरहेका छन् ।अहिले उपाधि चुम्नका लागि सबै पालिकाले कोल्ज क्याम्प संचालन गरीरहेका छन ।