जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

इलामः सूर्योदय नगरपालिकाले आयोजना घरेको शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविरमा सेवा लिन चुलाचुली गाउँपालिकाबाट आउनुभएका १७ बर्षीय बालकलाई अब खुट्टा टेक्न सक्छुकी भन्ने आशा जागेको छ । ‘मेरो जन्मजात खुट्टाको पैताला बाहिर फर्किएको हो । सजिलो गरी टेक्न सक्दिन, आजको शिविरमा डाक्टरले अप्रेसन गर्नुपर्छ भनेर नाम सिफारिस गरिदिनुभएको छ, निको भयो भने धेरै काम गर्न सक्छु भन्ने आशा छ ।’ उहाँले भन्नुभयो ।

नगरपालिकामा सोमबार सम्पन्न घुम्ती शिविरमा सेवा लिन इलामको सूर्योदय सहित रोङ गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम,माङ्सेबुङ,चुलाचुली र झापा जिल्लाबाट गरि ५८ जना आएको महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख तारा शेर्पाले बताउनुभएको छ । तीमध्ये २६ बालिका र ३२ बालक रहेको शेर्पाले जानकारी दिनुभएको छ । अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा र सूर्योदय नगरपालिकाको संयुक्त आयोजनामा १८ बर्ष सम्मका शारीरिक अपाङ्गगता भएका बालबालिकाहरुको परिक्षण सम्पन्न गरिएको उहाँको भनाई छ ।

‘शिविरमा हात खुट्टा भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको, जन्मजात वा चोटपटकबाट कम्मरको जोर्नी खुस्किएको, ढाड बाङ्गो वा कुप्री भएको जस्ता बिरामीले सेवा लिनुभएको छ ।’ शाखाकी कर्मचारी सरला तामाङ्गले भन्नुभयो, ‘अप्रेसन गर्नुपर्ने देखिएका जटिल चार जना सिफारिस गरिएको छ । अन्यलाई चेकजाँज औषधी वितरण र आवश्यक परामर्श दिने काम भयो ।’

सूर्योदय जिल्लाको पहिलो,कोशी प्रदेशको तेश्रो र देशको दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका हो । ५८ औँ बाल दिवसको अवसरमा २०७९ भदौ २९ गते सूर्योदयलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सूर्योदयलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य पूरा गर्न अघि बढेको बताउनुभयो । उहाँले दिगो विकासका लागि बालमैत्री स्थानीय शासन महत्त्वपूर्ण भएको बताउनुभएको छ । ’एक वर्षको समृद्धिका लागि खेती गर्नुहोस् । दश वर्षको समृद्धि चाहनुहुन्छ भने रूख रोप्नुस् । सय वर्षको समृद्धिका लागि बालबालिकाको संरक्षण गर्नुस् ।’ उहाँले भन्नुभयो,’बालमैत्री स्थानीय शासन घोषणा गर्न १८ महिनादेखि मिहिनेत गर्नुपरेको थियो । ५१ वटा राष्ट्रिय सूचकसँगै नगरपालिकाका ३ सूचक पूरा गरेर घोषणा गरेका हौँ।’

TOP