प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामको रोङ ६ मा तिनदिने कला साहित्य महोत्सव लाग्ने

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
इलामको रोङ ६ मा तिनदिने कला साहित्य महोत्सव लाग्ने

फिक्कल: इलामको रोङ ६ मा तिनदिने कला साहित्य महोत्सव लाग्ने भएको छ ,।चेतनाको बिस्तार गरे समग्र बिकास आधार हुने ठहरको साथ रोङ ६ मा तिनदिने कला साहित्य महोत्सव गरिने भएको हो ।रोङ गाउपालिका वडा न ६ को आयोजनामा वडाभित्रको फरक फरक तीन स्थानमा हुने फरक आयामको कार्यक्रमहरु सचालनको तैयारी अन्तिम चरणमा पुगेको छ ।स्थानिय आबश्यक्ता र मोजुदा अवस्थाको वारेमा कला,साहित्य,बहस र क्यानभासको उपयोगबाट चित्रण र बर्णन गरेर भावि कार्यदिशा निर्माण गर्न आगामी माघ २७गतेबाट २९ गतेसम्म कला साहित्य महोत्सव हुने भएको हो ।

बिकास भनेको भौतिक पुर्वाधारहरु मात्रै हो भनेर मरिहत्ते गरिरहने समाजमा चेतनाको बिकास गरेर भौतिक बिकासलाई दिगो र चिरस्थाई अनि प्रभावकारी रुपमा अफनत्वको भावना सृजना गराएर लाग्नको लागि गरिन लागेको महोत्सवको पहिलो,कार्यक्रम रोङको नवस्थापित पर्यटिक स्थल झण्डी डाडामा हुने भएको छ ।उक्त दिन रैथाने ज्ञानको आवश्यक्ता बारेमा राजन मुकारुङले स्पस्ट पार्नु हुनेछ भने कृषि सभावना समस्या र सिमाको वारेमा डा।योगेन्द्रमान शेरचन,टक थापा र सिमा कार्कि बिचको बृहद अन्तकृया गरिने छ यसैगरि कला साहित्य भित्रको चित्रण हाङयुग अज्ञात,प्रतिभा पौडेल र कुमारी लामा बिच अन्तर्क्रिया गरिने भएको छ ।

यसैगरि माघ २८ गते बिश्वब्यापीकरण भित्र गाउ शिर्षकमा वडाकै सलकपुरमा हुने कार्यक्रममा डा।तारालाल श्रेष्ठ र मनुसीयामी भट्टराईको अन्तर्क्रिया गाउ शहरमा महिला र पुरुष को सन्दर्भमा कैलास राई र कविता पोर्तेलको अन्तर्क्रिया, हामी ईतिहासमा बाच्छौ बिषयमा विरबहादुर लाप्चा,निरज कट्टेल,मोहनसिङ थेवे बिच अन्तर्क्रिया हुने भएको हो ।साथमा स्थानिय र अन्य कवि र कवियत्रीहरुवाट बिबिध कविताको स्वाद चाख्न पाईने छ ।

कार्यक्रमको मैजारो भने २९ गते जौवारीमा गरिने भएको छ जसमा रोङ ६ भित्रको बिषयवस्तु पस्कदै तैयारी गरिएको चित्रकलाहरु काजिराना,सोनाम राई,गुणराज देवान,सन्देश राई ,छितेन शेर्पा,निलम राई लगायतको रहने छ भने साथमा चेतना नाट्य समुह र कुवापानि मा बिको नाटक गाउको चौतारी मचन हुनुको साथै बिभिन्न जातिहरुको झाकिहरु समेत देख्न पाईने वडाध्यक्ष सत्यम राई चौरासेले बताए ।

दुर्गम तर धेरै सभावना बोकेको गाउहरुमा राष्टमा राजनितिक,सास्कृतिक,कला,साहित्य,समाजसेवा,चित्रकला,कृषि,पर्यटन लगायत बिभिन्न क्षेत्रमा योगदान दिएका लब्ध प्रतिस्ठित मानिसहरुको ज्ञान सिप र दक्षतालाई गाउमै ल्याएर उनिहरुको बिज्ञता सुनाउन र फैलाउने जमर्को वडाको बिकासमा कोशेढुङ्गा हुनसक्ने समस्त वडावासीहरुको अपेक्षा रहेको छ ।

TOP