अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

पशुपतिनगरको चारमाइलबाट  ब्राउन सुगर सहित पाँचथरका तुम्बापो पक्राउ

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
पशुपतिनगरको चारमाइलबाट  ब्राउन सुगर सहित पाँचथरका तुम्बापो पक्राउ

 

फिक्कल:  इलामको पशुपतिनगर स्थित चारमाईलबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र बारुद बनाउने सोडा सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।सोमबार शसस्त्र प्रहरीको प्रस्तवित सीमा सुरक्षा गुल्मबाट खटीएको टोलीले सूर्योदय नगरपालिका २ चारमाईलमा शंका लागि चेकजाँच गर्दा चोक्माबु पाँचथरका ५८ बर्षीय याम बहादुर तुम्बापोलाई ब्राउन सुगर र बारुद बनाउने सोडा सहित पक्राउ गरेको हो ।
प्रहरीले भारतबाट नेपाल आउदै गर्दा तुम्बापोको साथबाट एकसय ग्राम ब्राउन सुगर, १० किलोग्राम बारुद बनाउने सोडा र पाँचसय २५ ग्राम बारुद बनाउने गन्धक बरामद गरेको छ । बरामद भएको सामग्री सहित तुम्बापोलाई शसस्त्र प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको छ । इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले निज तुम्बोपोलाई इलाका प्रहरी कार्यालयमै राखी थप अनुसन्धान गरीने जानकारी दिनु भयो । उहाका अनुसार तुम्बापोलाई लागु औषध ओसार पसार सम्बन्धिको मुद्दा चलाईने छ ।
पक्राउ परेका तुम्बापोको साथबाट प्रहरीले केहि नगद , एक थान मोवाईल सेट र निजको नागरिक्ता समेत बरामद गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।सीमा क्षेत्रमा प्रहरीले बिशेष निगरानी गर्दै आएको छ । इलामको फिक्कल बजारको प्रहरी बिट संगै रहेको एक घडी मर्मत पसलबाट केहि समय अघि शसस्त्र प्रहरीले ब्राउन सुगर सहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले कन्यामबाट पनि केहि दिन अघि ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ब्यक्तिको बयानका आधारमा सूर्योदय ८ का २६ बर्षीय मिक कुमार तामाङलाई समेत सोमबार नै पक्राउ गरेको छ ।

 

TOP