जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाई ६ प्याङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
माईजोगमाई ६ प्याङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

नयाँबजार: माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । माईजोगमाई गाउँपालिकाले बिगत बर्षमा जस्तै यस बर्ष पनि जेष्ठ नागरिकलाई सम्मान गरेको हो। यस बर्ष ८३ बर्षदेखी ८६ बर्ष उमेरका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङका वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा तथा कार्यपालिका सदस्यहरु वडा सदस्यहरु स्थानीय बासी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
माईजोगमाई गाउँपालिकाको वडा नं ३ नामसालिङमा यस अघि नै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाईका अन्य वडामा पनि यो कार्यक्रम रहेको छ ।चिसो धेरै बढेको अवस्थामा माईजोगमाई गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरेको छ । अन्य उमेर समुहका जेष्ठ नागरिकलाई पनि सम्मान गरिने गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताउनु भयो ।

TOP