नयाँबजार: माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । माईजोगमाई गाउँपालिकाले बिगत बर्षमा जस्तै यस बर्ष पनि जेष्ठ नागरिकलाई सम्मान गरेको हो। यस बर्ष ८३ बर्षदेखी ८६ बर्ष उमेरका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
माईजोगमाई गाउँपालिका वडा नं. ६ प्याङका वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा तथा कार्यपालिका सदस्यहरु वडा सदस्यहरु स्थानीय बासी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
माईजोगमाई गाउँपालिकाको वडा नं ३ नामसालिङमा यस अघि नै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाईका अन्य वडामा पनि यो कार्यक्रम रहेको छ ।चिसो धेरै बढेको अवस्थामा माईजोगमाई गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरेको छ । अन्य उमेर समुहका जेष्ठ नागरिकलाई पनि सम्मान गरिने गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताउनु भयो ।