Hamropalika menu advertisement

सूर्योदय १० को युवा संघमा लिम्बु

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
सूर्योदय १० को युवा संघमा लिम्बु

फिक्कल :  राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगरपालिका–१० को अध्यक्षमा अमित लिम्बु निर्वाचित भएका छन् । आज सम्पन्न दोश्रो वडा अधिवेशनबाट लिम्बुको अध्यक्षतमा वडा कमिटि गठन भएको हे । कमिटिको उपाध्यक्षमा कुमार लाप्चा, सचिव पदम मगर, सहसचिव दिपिका राई र कोषाध्यक्षमा अप्सना राई रहेका छन् ।

सदस्यहरुमा गोविन्द प्रधान, लक्ष्मण प्रधान, खेमराज राई, गणेश लिम्बु, सुमन वालिङ, मनराज तामाङ, विरेन थामी, प्रज्वल घिमिरे, विवेक अधिकारी रहेका छन् । अन्य सदस्यहरुमा अञ्जली राई, रविन प्रधान, प्रविन खरेल, सविन तुम्रोक, संगीता राई, दिपिका सुनुवार, पुनम लाप्चा, समीर राई र ज्वाला फागो रहेका छन् ।

भानु लाप्चाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य काजीमान कागतेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य सावित्रा शिवा, जिल्ला सचिवालय सदस्य नरेश तामाङ र युवराज बाशिष्टको विशेष आतिथ्यता थियो ।

युवा संघ प्रदेश कमिटि सहसचिव शरण फागो, प्रदेश सदस्य सविना प्रधान, जिल्ला अध्यक्ष मोहन दोर्जे कागते, एमाले सूर्योदय उपाध्यक्ष भोगेन्द्र कार्की, सचिव पारस राई, सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जन, एमाले सूर्योदय सहसचिव टंक घिमिरे, युवा संघ सूर्योदय नगर अध्यक्ष उदयहाङ फागो, एमाले सूर्योदय नगरपालिका–१० संयोजक रोहित भट्टराईको आतिथ्यता रहेको थियो ।

TOP