पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

माघ २० गतेदेखि ‘प्रथम देउमाई कप’ हुने

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
माघ २० गतेदेखि ‘प्रथम देउमाई कप’ हुने

इलामः आगामी माघ २० गतेदेखि २७ गतेसम्म प्रथम ‘देउमाई कप’ हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा इलामका सबै १० वटा पालिका र पाँचथरको एक गरी ११ वटा टिमको सहभागिता रहने छ ।भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष मणिकुमार तामाङले जानकारी दिए ।उनका अनुसार प्रतियोगिता यो प्रथम अन्तर पालिका प्रतियोगिता समेत हो ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक देउमाई नगरपालिका र माई नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।प्रतियोगिताको प्रथम हुने टिमले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समिति सदस्य तथा प्रचार समिति संयोजक मौसम खनालको भनाई छ ।

उनका अनुसार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कार वितरण गरिने छ ।इलामको देउमाई नगरपालिकाको सोही खेल मैदानमा केही वर्ष अघि अन्तर्राष्ट्रिय स्तरकै प्रतियोगिता हुने गरेको भएपछि पछिल्ला केही वर्ष यता ठुला प्रतियोगिता हुन सकिरहेको छैन । यो प्रतियोगिताले स्थानीय क्षेत्रमा नै खेलाडी उत्पादन, तथा खेल क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

खेल पर्यटनको प्रवर्द्धन तथा खेलाडीहरूलाई ब्यवसायिकतामा जोड दिएर प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ । ‘युवाहरूको एकता र ऐकवद्धता, खेलकुदमा सहकार्य र सहभागिता’ भन्ने मूल नारा सहित प्रतियोगिता गर्न लागिएको हो ।

TOP