जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माघ २० गतेदेखि ‘प्रथम देउमाई कप’ हुने

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
माघ २० गतेदेखि ‘प्रथम देउमाई कप’ हुने

इलामः आगामी माघ २० गतेदेखि २७ गतेसम्म प्रथम ‘देउमाई कप’ हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा इलामका सबै १० वटा पालिका र पाँचथरको एक गरी ११ वटा टिमको सहभागिता रहने छ ।भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष मणिकुमार तामाङले जानकारी दिए ।उनका अनुसार प्रतियोगिता यो प्रथम अन्तर पालिका प्रतियोगिता समेत हो ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक देउमाई नगरपालिका र माई नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।प्रतियोगिताको प्रथम हुने टिमले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समिति सदस्य तथा प्रचार समिति संयोजक मौसम खनालको भनाई छ ।

उनका अनुसार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कार वितरण गरिने छ ।इलामको देउमाई नगरपालिकाको सोही खेल मैदानमा केही वर्ष अघि अन्तर्राष्ट्रिय स्तरकै प्रतियोगिता हुने गरेको भएपछि पछिल्ला केही वर्ष यता ठुला प्रतियोगिता हुन सकिरहेको छैन । यो प्रतियोगिताले स्थानीय क्षेत्रमा नै खेलाडी उत्पादन, तथा खेल क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

खेल पर्यटनको प्रवर्द्धन तथा खेलाडीहरूलाई ब्यवसायिकतामा जोड दिएर प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ । ‘युवाहरूको एकता र ऐकवद्धता, खेलकुदमा सहकार्य र सहभागिता’ भन्ने मूल नारा सहित प्रतियोगिता गर्न लागिएको हो ।

TOP