जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम नगरपालिका फोहोर ब्यवस्थापनामा जुट्यो

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका फोहोर ब्यवस्थापनामा जुट्यो

इलाम :  अव्यवस्थित रूपमा फालिएको फोहोरले कुरुप बनाउने गरेको इलाम बजारलाई थप ब्यबस्थित बनाउन इलाम नगरपालिकाले योजना अगाडी सारेको छ । नगरपालिकाले पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राखेर काम गर्न थालेपछि इलाम बजार सफा देखिन थालेको हो ।

नगरको वार्षिक कार्यक्रम अन्तर्गत मगलबार विभिन्न सार्वजनिक स्थान र सदरमुकामको ऐतिहासिक चिया बगान क्षेत्रमा डस्टबिन राखिएको छ । डस्टबिन राख्ने कार्यक्रममा मेयर केदार थापा आफै ड्स्बिन लिएर नगरमा विभिन्न क्षेत्रमा नगरपालिका जनप्रतिनिधि र नगर कर्मचारी सहित पुगेका थिए ।
नगरपालिकाको सौन्दर्य बढाउनका साथै जथाभावी फालिने फोहोरलाई ब्यबस्थापन गर्नका लागि सार्वजनिक स्थानमा डस्टबिन राखिएको मेयर थापाले नयाँ बुलन्दलाई जानकारी दिए ।मेयर थापाले भने,’आफू निर्वाचित भएलगत्तै देखि इलामलाई सफा र सुन्दर सहर बनाउने लक्ष्य राखेर काम गरिरहेको छु ।
इलाम बजारको फोहोरलाई ब्यबस्थापनका लागि खाल्डे फोहोर ब्यब्स्थापन केन्द्रमा परियोजना नै तयार गरेर काम भइरहेको छ । यो संगै नगरपालिकाले नगरको सौर्न्दर्य बढाउन यस अघि पाटेनागी,जस्बिरे सहित इलाम चिया बगानमा विभिन्न फलफूलका बिरुवा साथै बिभिन्न जातका फुलहरु रोपण गरिसकेको छ ।’यता फोहोर व्यवस्थापनमा नगरले देखाएको तदारुक्ता र मेहनतले इलामका सडक तथा चोकहरु सफा हुँदै गएको नगरबासीको भनाई छ ।

TOP