Hamropalika menu advertisement

इलामको पाथिभरा मन्दिरमा सिसिटिभि क्यामेरा जडान

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलामको पाथिभरा मन्दिरमा सिसिटिभि क्यामेरा जडान

फिक्कल: इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । बिगतका दिनमा मन्दिरमा संकलित रकमको हिनामिना तथा अपचलन भएको भनी विबाद बढेका कारण आगामी दिनमा थप शुरक्षा र पारदर्शिताका लागि मन्दिरमा १८ वटा सिसिटिभि क्यामेरा जडान गरिएको हो ।
मन्दिर आउने दैनिक भक्तजनको संख्या गणना गर्न मन्दिरको प्रवेशद्वारमा एउटा र बाँकी १७ वटा क्यामेरा मन्दिर परिसरको विभिन्न जडान गरीएको छ । रोङ गाउँपालिका रपाथीभरा संरक्षण तथा ब्यवस्थापन बिकास समितिले मन्दिरमा क्यामेरा जडान गरेको पाथिभरा संरक्षण तथा ब्यबस्थापन समितिका सचिब एघा अर्यालले जानकारी दिनु भयो ।
आर्थिक पारदर्शीता, धार्मिक भक्तजन र धार्मिक पर्यटकलाई मन्दिरको दर्शन गर्न सहज बनाउन र सुरक्षाका लागि सिसिटिभि जडान गरिएको सचिव अर्यालले जानकारी दिनु भयो । गाउँपालिकाले मन्दिरलाई आफनो स्वामित्वमा ल्याएपछि मासिक १२ देखि २० लाख सम्म आम्दानी गर्दै आएको छ ।
मन्दिरराई हाल थप ब्यवस्थित गर्ने काम समेत भैरहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । मन्दिर परिसरमा अहिले उद्योगी नवीन गटानीको तीन लनख ५० हजार सहयोमा टायल्स लगाउने कार्य भईरहेको छ। तेस्तै बाटो निर्माण गर्ने,विसौनि टहरा निर्माण गर्ने काम द्रुत गतिमा भईरहेको अध्यक्ष स्याङबोले जानकारी दिनु भयो।
यस अघि प्रदेश सरकारको चालीस लाख,रोङ गाउँपालिकाको बीस लाख र उपभोक्ताको छ लाख १२ हजार पाँचसय रुपियाँ लागतमा मालापोते तथा पुजा सामाग्री बेच्बिखन गर्ने टहरा निर्माण कार्य सम्पन्न भईसकेको छ ।
मन्दिरमा नेपालबाट मात्र नभई भारतको दार्जिलिङ ,सिक्किम ,गान्टोक बंगाल लगायत ठाउँबाट दर्शन गर्न भक्तजन आउने गरेका छन। मन्दिरमा सोचेको तथा चिताएको पुराहुने जनविश्वास रहेकाले मंगलबार र शनिबार बिशेष पुजाआजा गर्ने भक्तजनले घुईचो हुने गरेको मन्दिरका मुख्य पुजारी यदुनाथ घिमिरे बताउनु भयो ।

TOP