जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

चिया र कफीको गुणस्तर वृद्धि गर्न नार्कले सघाउने

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
चिया र कफीको गुणस्तर वृद्धि गर्न नार्कले सघाउने

काठमाडौं : स्वदेशी चिया तथा कफीको उत्पादन, प्रशोधन र गुणस्तर सुधार गर्न नार्क र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच १० बुँदे समझदारी भएको छ । कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा आइतबार नार्कका कार्यकारी निर्देशक डा। दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईबीच यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार चिया तथा कफी विकासका विविध क्षेत्रमा वैज्ञानिक अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी उत्पादन, उत्पादकत्व र गुणस्तरमा वृद्धिमा नार्क र विकास बोर्ड मिलेर काम गर्नेछन् । नेपाली चिया तथा कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न प्रतिस्पर्धी बनाई विदेशी मुद्राआर्जन गर्न सक्ने वातावण बनाउन सम्झौता महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।

माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्यहरु गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहन सक्ने नेपाली चिया तथा कफीको नयाँ जात जन्माउन अनुसन्धनात्मक कार्य अघि बढाउने र नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका तथा भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्वलगायत समस्याहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने समझदारीमा उल्लेख छ ।

चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलबायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने विषय समझदारीमा समावेस गरिएको छ ।

यस्तै जलवायु परिवर्तन र नेपाली कफी तथा चिया उत्पादनमा परेको असर, चिया तथा कफी सम्बन्धी अध्ययन, अनुसन्धान, तालिम सञ्चालन तथा दक्ष जनशक्ती उत्पादन, नवप्रवर्तन र क्षमता विकासका कार्यक्रम अघि बढाउने समझदारीमा भनिएको छ ।

चिया तथा कफी उत्पादन, उत्पादकत्व बृद्धि र नवप्रवर्तन सम्बन्धी विभिन्न क्षेत्रमा अन्वेषण, नयाँ अनुसन्धानका क्षेत्रहरु पहिचान, संयुक्त अनुसन्धान प्रस्ताव विकास, अनुसन्धान र क्षमता विकासका लागि प्रयोगशाला निर्माण गर्ने जनाइएको छ ।

समझदारी अनुसार नेपालमा चिया तथा कफीको अनुसन्धान तथा विकासका लागि विश्व कफी रिसर्च सेन्टरसँग अनुसन्धनात्मक साझेदारीका काम गर्ने मन्त्रालयले जनाएको छ । स्रोतः अनलाइन खबर

TOP