प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदय स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोकलाई, २०८३ लाई खेलकुद वर्ष मनाउने नगर प्रमुखको घोषणा

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्योदय स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोकलाई,  २०८३ लाई खेलकुद वर्ष मनाउने नगर प्रमुखको घोषणा

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकामा आयोजित सूर्योदय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि करफोक विद्या मन्दिर माध्यमिक विद्यालयले जितेको छ ।
प्रतियोगितामा संचालित १५ इभेन्ट्सका ३० विधा मध्ये विजेता करफोक विद्या मन्दिरले १४ स्वर्ण सहित ४ रजत र ४ कास्य जितेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको श्री कृष्णाश्रम माध्यमिक विद्यालयले ८ स्वर्ण ४ रजत र ४ कास्य पदक जित्दा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने फिक्कल नमूना माध्यमिक विद्यालयले ३ स्वर्ण ७ रजत र ५ कास्य पदक हासिल गरेको छ ।
त्यसै गरी चौथो स्थानमा ३ स्वर्ण ६ रजत र ५ कास्य सहित वीरेन्द्र माध्यमिक विद्यालय रहँदा १ स्वर्ण ३ रजत र ५ कास्य सहित जनक माध्यमिक विद्यालय पाँचौं स्थानमा रहेको छ । १ स्वर्ण र १ रजत सहित सरस्वती मावि छैटौँ स्थानमा रहँदा ३ रजत र २ कास्य सहित इभरलेण्ड इन्टरनेसनल एकेडेमी सातौँ स्थानमा रहेको छ । आठौं स्थानमा रहेको पिसल्याण्ड एकेडेमीले १ रजत र १ कास्य पदक हासिल गर्दा नवौं र दशौं स्थानमा समान १/१ रजत पदक सहित अन्तु एकेडमी र इलाम रोजमेरी विद्यालय रहेका छ्न् । त्यसैगरि एघारौ स्थानमा रहेको वौद्धधाम माविले ३ कास्य पदक हासिल गर्दा बाह्रौं र तेह्रौं स्थानमा सामान दुई/दुई कास्य पदक सहित हिमालयन माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय रहेका छन् ।


प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईले विक्रम संवत २०८३ साललाई सूर्योदय नगरपालिकाले खेलकुद वर्षको रूपमा मनाउने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले २०८३ मा खेलकुदका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी समेट्ने गरी वर्षभरि हरेक खेलका प्रतियोगिता सञ्चालन गर्ने र समग्र २०८३ लाई नै सूर्योदय को पर्यटनलाई समेत टेवा पुग्ने गरी खेलकुद वर्ष मनाउने उद्घोष गर्नुभएको हो ।

TOP