जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको पशुपतिनगर भन्सारको राजश्व असुली बढ्दै 

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगर भन्सारको राजश्व असुली बढ्दै 
प्रेम अधिकारी पशुपतिनगर(इलाम):
भन्सार कार्यालय पशुपतिनगरमा बर्षेनी राजश्व असुली बढ्न थालेको छ ।  ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक बर्षको तुलनामा राजश्व संकलन बढेको जनाएको हो ।हरीयो तरकारी, छुर्पी , दुध, चिया, घिउ, चिज , गमला , लताकपडा र  जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व संकलन गर्न थालेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिनु भयो ।
आर्थिक बर्ष २०७७÷०७८ मा १ करोड ८९ लाख ९९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा एक करोड दुई हजार (५२ दशमलब ६५ प्रतिशत) राजश्व संकलन भएको थियो । यस्तै  २०७८÷०७९ मा २ करोड ५३  लाख ४० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ८७ लाख ३८ हजार (३४ दशमलब ४८ प्रतिशत) राजश्व संकलन गरेको थियो । यस्तै २०७९÷०८० मा दुई करोड ५० लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजश्व संकलन गरेको थियो ।
 आर्थिक बर्ष २०८०÷०८१ को अर्धबार्षिक नतिजा अनुसार एक करोड ९१ लाख ७१ हजार राजश्व संंकलनको लक्ष्य लिएकोमा एक करोड ३४ लाख १३ हजार (६९ दशमलब९६ प्रतिशत) राजश्व संकलन गरेको कार्यालयका नायव सुब्बा बिनोद आचार्यले जानकारी दिनु भयो ।  सबै भन्दा बढी राजश्व अवैध कारोबार अन्र्तगत बरामद भएको सामग्री लिलामीबाट भएको कार्यालयले जनाएको छ । पशुपतिनगर भन्सार अन्र्तगत ८ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यस अघि नै बन्द भैसकेका छन् ।
कार्यक्रममा सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले नेपाल तर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताउनु भयो । भारत तर्फ भन्सार नहुँदा बील इन्ट्री नहुँने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिनु भयो  ।
उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारत तर्फ भन्सार, क्वारेन्टाईन लगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताउनु भयो । उहाले भन्नु भयो‘दुई देश बिचमा सहकार्य आवश्यक छ तर, भौगोलिक समस्याका कारण हामी तत्काल भन्सार लगायतका कार्यालय स्थापना गर्न सक्ने अवस्थामा छैनौ ।’
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुबै देशले सीमा क्षेत्रमा आवश्यक कार्यालय स्थापना गरी आयात निर्यात सहज बनाउनु पर्ने बताउनु भयो । उहाले भौगोलिक बिकटताका कारण कार्यालय स्थापना गर्न सकिएन भन्ने भारतको भनाईमा सत्यता नरहेको बताउनु भयो । उहाले भन्नु भयो‘अन्य सबै कार्यालय स्थापना गर्न सहज हुँने भन्सार लगायतका कार्यालय स्थापना गर्न किन नहुने?’उहाले प्रश्न गर्नु भयो । उहाले भन्नु भयो‘आवश्यक कार्यालय दुबै देशले स्थापना गरी सीमा समन्वय र राजश्व असुलीको काम गर्न सके मात्र दुबै देशको हित हुन्छ, नेपालले मात्र कार्यालय खोलेर सधै भरी बस्दैन।’
कार्यालय प्रमुख सुब्बाले खुल्ला सीमा नाका भएका कारण चोरी पैठारी रोकिन नसकेको बताउनु भयो ।कार्यक्रममा सबैभन्दा बढी कारोबार गर्ने सूर्योदय २ पशुपतिनगरका दादिकी शेर्पालाई सम्मान गरीएको थियो । उक्त अवसरमा कार्यालयका नायब सुब्बाद्धय बिनोद आचार्य र प्रकाश सुनुवारलाई उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरीएको थियो ।
भन्सार दिवसको उपलक्ष्यमा पहिलो सेवाग्रहीका रुपमा भारतको दाजिलिङका दावानर्बु शेर्पालाई सम्मान गरेको नायब सुब्बा आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा शसस्त्र प्रहरी बल प्रस्तावित गुल्म पशुपतिनगर र इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई समेत राजश्व संकलनमा सहयोग गरेको भन्दै कदरपत्र प्रदान गरीएको छ ।गोरखापत्र अनलाइन
TOP