प्रेम अधिकारी,इलाम:
सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिए पछि इलाम जिल्लाका गाउँ–गाउँमा खेलकुदको क्रेज बढेको छ ।
जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड जिल्ला खेलकुद बिकास समितिको पहलमा गत सालदेखि ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिए पछि राष्ट्रपति रनिङ शिल्डको उपाधी चुम्नका लागि आयोजना गरीएका प्रतिष्पर्धाका कारण गाउँ–गाउँमा खेलकुदको क्रेज बढेको हो ।
राष्ट्रपति रनिङ शिल्डको पालिकाको बिद्यालय स्तरीय छनौट चरणको प्रतिष्पर्धा केहि पालिकामा सम्पन्न भएको छ भने केहि पालिकामा हुँने तयारीमा छ । इलामका १० पालिका मध्ये माई नगरपालिका, देउमाई नगरपालिका , रोङ गाउँपालिका माङसेबुङ र माईजोगमाई गाउँपालिकामा बिद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भैसकेको छ । सूर्योदयमा प्रतियोगिता भैरहेको छ ।
इलामका १० वटै पालिकाले खेलकुदमा बजेटको ब्यवस्था गरी पालिका स्तरीय प्रतियोगिताको आयोजना संगै बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी समेत थालेका छन् । राष्ट्रपति रनिङ शिल्डको उपाधी चुम्नका लागि बर्षै भरी खेलकुदका बिभिन्न प्रतियोगिता पालिका स्तरमा गर्न थालिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । बास्तोलाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको माङसेबुङ गाउँपालिकामा फागुनको पहिलो साता आयोजना हुँने जानकारी दिनु भयो ।
जिल्ला सदरमुकाममा टालटुले पाराले आयोजना गरिदै आएको प्रतियोगिता ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले गत बर्षको १३ औं राष्ट्रपति रनिङ शिल्ड इलामको बिकट मानिने फाकफोकथुम गाउँपालिकामा आयोजना गरीएको थियो । उक्त प्रतियोगिताको समापनको अवसरमा यस बर्षको राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङ गाउँपालिकालाई झण्डा हस्तान्तरण गरीएको थियो । यस पटक पनि अर्को सालको राष्ट्रपति रनिङ शिल्ड आफनो पालिकामा गराउनका लागि माईनगरपालिका, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिका बिच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बास्तोलाले जानकारी दिनु भयो ।
गाम्रिण क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दा २० देखि २५ लाख रुपियाँ खर्च लाग्ने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् ।
अध्यक्ष बास्तोलाले भन्नु भयो‘टालटुले रुपमा हुँने प्रतियोगितालाई हामीले ग्रामिण क्षेत्रमा लगे पछि ग्रामिण खेल पर्यटनको समेत बिकास भएको छ ।’
इलामको माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा माई नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ राष्ट्रपति रनिङ शिल्ड ग्रामिण क्षेत्रमा हुँन थाले पछि सबैले अवसर पाएका छन, यो राम्रो हो।’ नगर प्रमुख लिम्बुले सरकार परिवर्तन संगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत बताउनु भयो । नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुँने छ ।
जिल्ला खेलकुद बिकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भुमीका खेलेको बताउनु भयो ।
इलामको माईजोगमाई गाउँपालिकाले खेलकुदको बिकासका लागि अध्यक्ष कप शिर्षका चालु आर्थिक बर्षमा १५ लाख रुपियाँ रकम बिनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरे अनुासर खेलकुद प्रतियोगिताका लागि थप रकम उपलब्ध गराईने गरीएको जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाले चालु आर्थिक बर्षमा युवा तथा खेलकुद कार्यक्रम शिर्षकमा ८५ लाख रुपियाँ रकम बिनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । उहाले नगरको आन्तरिक उक्त स्रोत बाहेक प्रत्येक वडाले समेत रकम खेलकुद क्षेत्रमा बिनियोजन गरेको जानकारी दिनु भयो ।
यस पटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आर्थिक बर्षमा खेलकुद क्षेत्रका लागि २० लाख रुपियाँ रकम बिनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताउनु भयो । ‘आर्थिक रुपमा सबै पालिकाले समान रुपमा लागनी गर्नु पर्छ , अर्को बर्ष फेरी अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो’अध्यक्ष राइृले भन्नु भयो । पालिका स्तरको बाहेक पालिकाले वडागत रुपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ । पालिकाहरुले प्रतियोगिता संगै खेलमैदान निर्माणको काम समेत गरीरहेका छन् ।
यस पटकको राष्ट्रपति रनिङ शिल्ड जिल्लामा आउदो फागुन पहिलो साता हुँदै छ । प्रतियोगितामा छात्र÷छात्रा भलीबल, हाईजम्प, लङजम्प र मार्सल आर्टका सबै बिधाका खेल हुँने छन्। पालिका स्तरबाट छनौट भई , जिल्ला स्तरमा र जिल्ला स्तरमा छनौट भएका खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागीता जनाउने छन् ।
राष्ट्रपति रनिङ शिल्ड बाहेका इलामका ग्रामिण क्षेत्रमा समेत बिभिन्न प्रतियोगिता आयोजना हुँने गरेका छन । जिल्लामा बिगतका बर्षमा माईभ्याली गोल्डकप आयोजना हुँदै आएकोमा यस बर्ष माइभ्याली गोल्डकप स्थगित गरीएको छ । इलाम गोल्डकपमा यति बेला इलामको ठूलो टुडिखेल खचाखच छ । स्थाई प्यारापिटको अभावमा बासको प्यारापिट निर्माण गर्दा १२ लाख बढी रकम सकिएको आयोजक रेडहर्स फुटबल क्बलका सचिव प्रकाश घिमिरेले जानकारी दिनु भयो ।