पालिका विशेष प्रोफेसनल पलम्बर तालिमको म्याद थप सम्बन्धी सूचना अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको बजेट एक अर्व १८ करोड बढी(बजेटको पूर्ण पाठ सहित) कुराकानी इलाम नगरपालिकाको सूचना अर्थ वाणिज्य प्रोफेसनल पलम्बर तालिम सम्बन्धि सूचना प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना
Hamropalika menu advertisement

सूर्योदयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • प्रकाशित मितिः June 26, 2026
  • हाम्रो पालिका
सूर्योदयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

फिक्कल: इलामको सूर्योदय नगरपालीकामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत नगर स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । गत वर्षको विजेता करफोक विद्या मन्दिर माध्यमिक बिद्यालयको खेलमैदानमा भव्य उद्घाटन समारोह सहित सूर्योदय नगरपालीकाले प्रतियोगिता सुरु गरेको हो ।
जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको प्रमुख आथित्यता तथा नगर खेलकुद विकास समितिका संयोजक सौरभ आचार्यको अध्यक्षतामा उद्घाटन भएको थियो ।
सूर्योदय नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामका उपाध्यक्ष खेमकुमारी राई, कार्यालय प्रमुख नारायण भट्टराई सहित जिल्ला खेलकुद विकास समिति इलामका सदस्य सहित नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको थियो ।
खेलाडीको तर्फबाट फिक्कल नमूना माध्यमिक विद्यालयकी खेलाडी मिनामीत लाप्चाले र निर्णायकको तर्फबाट एथलेटिक्सका अन्तराष्ट्रिय रेफ्री तथा प्रशिक्षक रोहित भट्टराईले सफथ लिएको कार्यक्रममा विद्यालयको तर्फबाट शुभकामना मन्तब्य राख्दै फिक्कल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा बहादुर महतले खेलले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने भन्दै नगर खेलकुदले विद्यालय खेलकुदमा गरेको प्रयासको प्रसंशा गरेका छन् ।
त्यस्तै शुभकामना मन्तब्य राख्दै सूर्योदय नगरपालिकाका सामाजिक विकास समितिका सदस्य तथा वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार बस्नेतले आजको विद्यालय खेलकुद नै भोलिको नेपालको खेलकुदको आधार रहेको भन्दै सूर्योदय नगरपालीकाले विद्यालय खेलकुदमा लगानि गरिरहेको र अझै लगानी बढाउने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र बास्तोलाले सूर्योदय नगरपालिकाले विद्यालय खेलकुदमा गरेको लगानीले समग्र जिल्ला खेलकुदमा उर्जा प्रदान गरेको बताएका छन् । सूर्योदय नगरपालिकाले सदाझै उत्रकृष्ट कार्यक्रम आयोजना गरेको भन्दै प्रमुख अतिथि बास्तोलाले यस वर्ष समेत सूर्योदय नगरपालिकाबाट खेलकुदको क्षेत्रमा धेरै आशा जिल्ला खेलकुदले पनि गरिरहेको बताएका छन् ।
पहिलो दिन सम्पन्न विभिन्न आठ वटा इभेन्ट मध्ये ५ स्वर्ण, १ रजत र १ कास्य सहित करफोक विद्या मन्दिर माध्यमिक विद्यालय पहिलो स्थानमा रहेको छ । त्यसैगरी १ स्वर्ण र ३ रजत सहित फिक्कल नमूना माध्यमिक विद्यालय दोश्रो स्थानमा रहँदा १ स्वर्ण, १ रजत र २ कास्य सहित वीरेन्द्र मा वि तेस्रो स्थानमा रहेको छ । १ स्वर्ण र १ रजत सहित कृष्णाश्रम मा वि चौथो स्थानमा रहँदा १ रजत र १ कास्य सहित जनक मा वि पाँचौं स्थानमा रहेको छ ।
३ दिन सम्म चल्ने प्रतियोगिताको समापन कार्यक्रम माघ १२ गते रहने छ । प्रतियोगिताको आयोजना आयोजक नगरको शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास समितिले गरेका हुँन ।

TOP