जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलाम गोल्डकप:एनआरटी फाइनल प्रवेश

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलाम गोल्डकप:एनआरटी फाइनल प्रवेश

इलाम : न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ ।आज (बुधबार) ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । एनआरटीले अब उपाधिका लागि विहीबार हुने पाँचथर फुटबल क्लब र बिर्तामोड युनाइटेड क्लब झापाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

खेलको म्यान अफ द म्याच विजेता एनआरटीका गोलकिपर थेभ्स प्रिसो घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार पाउनेछन् । गोल्डकपको फाइनल माघ १३ गते हुनेछ ।

TOP