जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

स्वर्गीय नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
स्वर्गीय नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना

इलाम:  एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गत भित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ता बसेका थिए । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । जसअनुसार बैंकले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर–५ का रुद्रप्रसाद ९काजीमान० गिरी पनि रहेका थिए ।

बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ । ‘ ऋणीहरूले लिएको कर्जाको साँवारव्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक–पटक तर–ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन ९अर्थात् मिति २०८०र११र१० गते० मित्रमा ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्नरगराउनुहुन यो अन्तिम मौका दिइएको छ,’ सूचनामा भनिएको छ, ‘उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा सम्बन्धित पक्ष लाई कालोसूचीमा राखिन्छ ।

लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुक महानुभावहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६ औँ दिन ९२०८०र११र११ गते० बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११ः०० बजे यस बैकको तपसिलमा उल्लिखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ ।’ नेता नेम्वाङको गत २५ भदैमा हृदयाघातका कारण निधन भएको थियो ।अर्थ सरोकार

 

TOP