जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा

फिक्कल: इलामको पशुपतिनगरमा भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत रहने गरी आजबाट सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै उहाले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने ब्यवस्था नहुँदा हुँदै आएको समस्या हटेको बताउनु भयो । प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका यातायत महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा केन्द्र संचालनले सहज हुँने बताउनु भयो ।
यातायत ब्यवस्था सेवा कार्यालय इलामका कार्यालय छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरीएको छ । प्रमुख खतिवडाका अनुासर एक पटक पटके काटेका भारतीय सवारीले ७ दिन सम्म कोशी प्रदेश भित्र
भरी जान पाउने ब्यवस्था गरीएको छ ।
सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । ब्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरीएको प्रमुख खतिवडाले जानकारी दिनु भयो । खतिवडाले भन्नु भयो‘केन्द्र स्थापना भए पछि सीमा क्षेत्रमा सरकारको उपस्थिति देखिनुका साथै सरकारी राजस्व समेत बढने छ ।’ केन्द्र उद्घाटन पहिलो दिन नै १५ वटा सवारीले पटके काटेको केन्द्रले जनाएको छ ।
पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाइृ केन्द्र स्थापनाले सहज हुने जनाईएको छ । केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले केन्द्र संचालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक शन्देश जाने बताउनु भयो । पशेपतिनगर नाका भएर ठूलो संख्यामा भातीय पर्यटक नेपाल भित्रीने गरेका छन् ।

 

TOP