फिक्कल: इलामको पशुपतिनगरमा भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत रहने गरी आजबाट सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै उहाले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने ब्यवस्था नहुँदा हुँदै आएको समस्या हटेको बताउनु भयो । प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका यातायत महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा केन्द्र संचालनले सहज हुँने बताउनु भयो ।
यातायत ब्यवस्था सेवा कार्यालय इलामका कार्यालय छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरीएको छ । प्रमुख खतिवडाका अनुासर एक पटक पटके काटेका भारतीय सवारीले ७ दिन सम्म कोशी प्रदेश भित्र
भरी जान पाउने ब्यवस्था गरीएको छ ।
सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । ब्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरीएको प्रमुख खतिवडाले जानकारी दिनु भयो । खतिवडाले भन्नु भयो‘केन्द्र स्थापना भए पछि सीमा क्षेत्रमा सरकारको उपस्थिति देखिनुका साथै सरकारी राजस्व समेत बढने छ ।’ केन्द्र उद्घाटन पहिलो दिन नै १५ वटा सवारीले पटके काटेको केन्द्रले जनाएको छ ।
पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाइृ केन्द्र स्थापनाले सहज हुने जनाईएको छ । केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले केन्द्र संचालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक शन्देश जाने बताउनु भयो । पशेपतिनगर नाका भएर ठूलो संख्यामा भातीय पर्यटक नेपाल भित्रीने गरेका छन् ।