जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

खेल मैदान स्तरोन्नति गर्दै रोङ गाउँपालिका

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
खेल मैदान स्तरोन्नति गर्दै रोङ गाउँपालिका

डाइमण्ड तिम्सिना: 

रोङ गाउँपालिका वडा नं ३ कुटिडाँडा स्थित खेल मैदानको स्तरोन्नतिको काम धमाधम भईरहेको छ। शान्ति निकेतन नमुमा माध्यमिक बिद्यालयको स्वामित्व मा रहेको उक्त खेल मैदान यस अघि सेभेन साईडमा खेल्न मिल्ने मात्र थियो । अब भने इलाभेन साईडकै खेल मैदान हुने भएको छ।
रोङ गाउँपालिका भरिका सामुदायिक बिद्यालयको रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउने साथै स्थानिय स्तरका विभिन्न खेलकुद कार्यक्रम उक्त खेलमैदानमा गराउने गरेको थियो । भैगोलिक हिसाबले सानो भएका कारण सबै खाले आउटडोर खेल सहज रुपमा संचालन गर्न कठिनाई रहेको खेल प्रशिक्षकको गुनासो थियो।
गत साल रोङ गाउँपालिकाले हाँसपोखरी मा कबड हल निर्माण सम्पन्न गरेपनि जसमा इनडोर गेम हरु कराँते ,तेक्वान्दो ,बक्सिङ ,टेवल टेनिस ,बेडमिनटन जस्ता खेल गतिविधि मात्र गराउन मिल्ने भएको कारण खेल मैदान स्तरोन्नति गर्नुपर्नेमा चौतर्फी माग बडेको थियो । यसलाई मध्यनजर गर्दै रोङ गाउँपालिकाले आँफैले भर्खरै नयाँ स्काभेटर खरिद गरि कार्य द्रुतगतिमा अगाडि बढाएको छ।
पहिले नै २ ओटा जे सि भि भएपनि विकासका गतिविधि निरन्तर रुपमा संचालन गर्न स्काभेटर अभाव तथा उपभोक्ता समितिले भनेको बेला मेसिन नपाईने तथा बढी खर्च हुने अवस्था भएकोले पालिका आँफैले मेसिन खरिद गरेको जसबाट समय र पैसा दुबै बचत हुने साथै काम पनि गुणस्तरीय हुने पालिका अध्यक्ष मणिकुमार स्याङ्बो ले बताउनुभयो ।
२०८१ सालको जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गर्ने लक्ष्य का साथ काम अगाडि बढाएको गाउँपालिका अध्यक्ष स्याङ्बो ले बताउनु भयो।जनताको काम गर्ने आएकोले जनभावना अनुसारको कार्यगर्न कुनै कसुर बाँकि नराख्ने उहाँले बताउनुभयो ।रास्टिय तथा अन्तरास्टिय खेलाडि हरुको उत्पादन को मुख्य स्थल भएकोले यस क्षेत्रमा थप लगानि बढाउँदै जाने बताउनुभयो ।
पर्यटकिय क्षेत्र भएको र भैगोलिक अवस्था ,हावापानी ,वातावरणीय हिसाबले समेत उत्तम ठाउँ भएकोले यस ठाउँमा खेल प्रशिक्षण केन्द्र ,खेल बिज्ञान प्रयोगशाला निर्माण गरी जिल्ला ,रास्ट्यि तथा अन्तर्राष्ट्रिय खेलकुद,मेला महोत्सव , आदि जस्ता कृर्यकलाप गर्न सके स्थानिय तहको विकास तथा खेल प्रबर्द्धनमा ठूलो योगदान पुग्नेमा जनाईएको छ ।

TOP