जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सीप प्रदर्शन गर्दै सूर्योदयका जेष्ठ नागरिक

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सीप प्रदर्शन गर्दै सूर्योदयका जेष्ठ नागरिक

प्रेम अधिकारी, पशुपतिनगर(इलाम):

सूर्योदय नगरपालिकाका वडा नं. ९ का पदम लक्ष्मी राई उमेरले ८८ बर्ष लाग्नु भयो । राईका हातपाउ ८८ बर्षमा पनि सीप बिकासमै लागि रहेका छन् । परालको पिरा , नाम्लो , डालो , थुन्से बनाएर उहाले जेष्ठ नागरिक शिप प्रर्दशनी कार्यक्रममा राख्नु भयो । ‘नगरले सीप प्रदर्शनीको अवसर जुटाईदियो, हातमा भएका सीप देखाउन पाईयो’राईले भन्नु भयो । उहाले घरमा फुर्सदमा बस्नु भन्दा सक्ने काम गर्दा केहि रकम हात समेत पर्ने बताउनु भयो ।
इलामको सूर्योदय नगरपालिका वडा नं. ९ ले नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा स्थानीय स्तरमा उत्पादन गरीने सीप प्रर्दशनी कार्यक्रममा १८० जना बृद्धबृद्धाले आफुले जानेको सीपबाट बिभिन्न बस्तुको निर्माण गरी प्रदर्शनीका लागि राख्नु भएको थियो ।
बृद्धबृद्धाले चोयाबाट निर्माण गरेका सामग्री डोको, डालो , थुन्से , नाङ्लो , पिरा, लागयत टोपी , पंजा आदि जस्ता सामग्री निर्माण गरी राखिएको थियो । नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी सरला तामाङले १५ दिनको समय दिएर बनाउन लगाएको बताउनु भयो । उहाले बृद्धबृद्धाले घरमै बसेर सामग्री निर्माण गरी प्रदर्शनीमा ल्याएको बताउनु भयो ।
सोहि अवसरमा लोपउन्मुख लाप्चा महिला समुहले मासुको अचार निर्माण गरी प्रदर्शनीमा राखेको थियो । नगरले दिएको तालिम पछि लाप्चा समुदायका महिलाले मासुको अचार बनाउदै आएका छन् ।

सूर्योदय ९ कै ८० बर्षीय पूर्णभक्त दाहालले नगरले सीप प्रदर्शनी कार्यक्रम गरेर जेष्ठ नागरिकलाई हौसला दिएको बताउनु भयो । उहाले भन्नु भयो‘घरमा एक्लो भएर बस्नु पर्ने बाध्यता केहि समयका लागि भए पनि हटेको छ ।’ उहाले नगरले प्रदर्शनी मात्र गराउने भन्दा पनि जेष्ठ नागरिकले बनाएका सामग्री बिक्री हुने बातावरण बनाउनु पर्ने बताउनु भयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले वडा नं. ९ र शाखाको आर्थिक लागनीमा प्रदर्शनी सम्पन्न भएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘जेष्ठ नागरिक राष्ट्रका सम्पती हुँन हामी सबै भएर जर्गेना गर्नु पर्छ ।’ उहाले युवा पुस्ताले जेष्ठ नागरिकलाई भुल्दै गएको बताउदै युवा पनि जेष्ठ नागरिक हुँने दिन आउने स्मरण गराउनु भयो । शाखा प्रमुख शेर्पाका अनुसार नगरका १४ वटै वडामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गराईएको छ । शाखाले नगरका चार हजार जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र समेत बितारण गरीसकेको छ ।
नगर प्रमुख रण बहादुर राईले जेष्ठ नागरिकले निर्माण गरेका धेरै जसो सामग्री बासका देखिएकाले आगामी दिनमा बासको चोया काड्ने मेसीन खरीद गरीदिईने बताउनु भयो । नगर प्रमुख राईले जेष्ठ नागरिकले निर्माण गरेका सामग्री महिला बालबालिका शाखा मार्फत बिक्रीका लागि राखिने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘बृद्धबृद्धामा भएको सीप पुस्तान्तरण हुनु पर्छ, पुस्तान्तरण भएन भने सीम हराएर जान्छ ।’
वडा नं. ९ का अध्यक्ष देवेन्द्र शर्माका अनुासर प्रदर्शनीको अवसरमा २ सय बढी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरीएको जानकारी दिनु भयो । कार्यक्रममा जेष्ठ नागरिकलाई वडाले टोपी र बर्को ओडाएर सम्मान गरेको थियो । ‘जेष्ठ नागरिक पनि त्यतिकै बस्दैनन, केहि गर्छन भन्ने उद्दारण यो कार्यक्रमले दिएको छ’वडाध्यक्ष शर्माले भन्नु भयो ।
गोरखापत्र अनलाईन

 

TOP