कालोपत्रे सडकको पहुँचले साँघुबेसीमा माघे सङ्क्रान्ति मेलाको रौनक थपियो – Hamropalika
जीवनशैली इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै पर्यटन रोङ उद्योग वाणिाज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन महोत्सवको आयव्यय सार्वजनिक प्रदेश नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न Uncategorized नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहाण कार्यक्रम सम्पन्न जीवनशैली माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण पर्यटन बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई पालिका विशेष रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु प्रदेश नेपालमा मनसुन भित्रिँदै अर्थ वाणिज्य इलामको पर्यटन प्रवर्धन गर्न पर्यटन कार्यालयको पहल जीवनशैली सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन
Hamropalika menu advertisement

कालोपत्रे सडकको पहुँचले साँघुबेसीमा माघे सङ्क्रान्ति मेलाको रौनक थपियो

  • प्रकाशित मितिः June 14, 2024
  • hamro_palika

इलामः फिक्कल–नयाँबजार सडक कालोपत्रे भएका कारण सूर्योदय नगरपालिका–१ साँघुबेसीमा माघे सङ्क्रान्ति मेला भव्य लागेको छ । हरेक बर्ष माघ १ गते सूर्योदय र माईजोगमाई गाउँपालिकाको संगमस्थल साँघुबेसीमा लाग्दै आएको मेलामा यस बर्ष बाक्लो उपस्थिति देखियो ।

कच्ची सडक संरचनाका कारण फिक्कल,इलाम,नयाँबजार लगायतका मानिसहरु मेलामा सहभागी हुन असहज हुने गरेको थियो । यस बर्ष २० किलोमिटर,दुई सय मिटर सडकको ७५ प्रतिशत काम सम्पन्न भएर आवतजावत सहज बन्दा मेलामा गतसालको तुलनामा दोब्बर मानिस सहभागी भएको अनुमान छ ।कुनै ब्यवस्थापन समिति नै नभई स्वतस्फुर्त रुपमा स्थानीय भेला भएर मेलाको रुपमा रमाईलो गर्दै आएका थिए । तर, यस बर्ष सूर्योदय–१ का वडाध्यक्ष राजकुमार शेरेङको पहलमा ब्यवस्थापन समिति समेत तयार गरिएको छ ।

माईजोगमाईका बिनु मगरको अध्यक्षतामा मेला आयोजक समिति चयन गरिएको थियो । पुषको अन्तिम साता निर्माण गरिएको समितिले छोटो अवधिमा फुटबल खेल,हाउसी खेल,विभिन्न मनोरञ्जनात्मक खेलहरु आयोजना गरेको छ । ती आकर्षणका कारण पनि मानिसको उपस्थिति बाक्लिएको हो ।मेलामा बदाम,सुन्तला,चटपटे,खाजाका परिकार र कपडाका आईटमहरुको स्टल राखिएको थियो । खचाखच भिडमा पनि मेलाको चिनु भन्दै मानिसहरु किनमेलमा ब्यस्त देखिन्थे । फिक्कलबाट आउनुभएका रोशन बस्नेतले भन्नुभयो, ‘सडक बनिएपछि त सारो गज्जब भएछ,यो ठाउँले अब कब्जा जमाउने भयो ।’

धार्मिक साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो क्षेत्रमा ब्यापारीक दृष्टिकोणले राम्रो सम्भावना देखिएको वडाध्यक्ष शेरेङले बताउनुभयो। ‘पहिले सडक ब्यवस्थित थिएन,मान्छेलाई आउन जान समस्या हुन्थ्यो । तर अब यहाँ ब्यापार ब्यवसाय फस्टाउने अपेक्षा छ ।’यहाँ चियाको उद्योग सञ्चालित छ । होटलहरु विस्तार हुँदैछन् । फिक्कल,नयाँबजारको ब्यापार दोब्बर वृद्धि हुन्छ भन्ने स्थानीयको आशा छ । किसानले उत्पादन गरेका कृषिजन्य उपजहरु घरबाटै बिक्री गर्न सक्ने भएकाले यो ठाउँलाई बजारको रुपमा विकास गरिनुपर्ने स्थानीयको मनशाय छ । मकरजुङका गणेश खड्काले भन्नुभयो, ‘बार्षिक रुपमा लाग्ने मेलामा अन्तराष्ट्रिय पर्यटक समेत भित्र्याउने गरि प्रचारप्रसार हुन जरुरी छ ।’ उहाँका अनुसार यस क्षेत्रमा सिंहदेवीस्थान रहेकोले धार्मिक महत्व छ ।

जाँड रक्सी जुवा तासलाई बन्देज गरेर ब्यापार फस्टाउने गरि आउँदो बर्ष मेलालाई वृहत बनाउनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । मेला आयोजक समितिका एक सदस्यका अनुसार, मेलामा करिब चार हजार भन्दा धेरै पर्यटकहरुको उपस्थिति रहेको थियो ।सूर्योदय,माईजोगमाई,सन्दकपुर,इलाम, रोङ लगायत जिल्लाका विभिन्न ठाउँ र छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रबाट मानिसहरु मेला भर्न आएका थिए ।

फिक्कल नयाँबजार सडकको प्रगती

पहिला तीनदेखि चार घण्टा समय लाग्ने नयाँ फिक्कल नयाँबजार सडकमा हाल एकदेखि डेढ घण्टामा एकोहोरो सडक पार गर्न सकिन्छ । सडक सुधार भएसँगै समयको बचत भएको छ । ‘पहिलाभन्दा सहज भएको छ, केहीकेही ठाउँबाहेक निकै राम्रै भएको छ,’ यात्रु मोहन सुवेदीले भन्नुभयो ।

सूर्योदय नगपालिकाको फिक्कलदेखि माईजोगमाई गाउँपालिकाको नयाँबजारसम्म २० किलोमिटर र दुई सय मिटर सडक छ । हाल सो सडकको पूरा काममध्ये ७५ प्रतिशत निर्माण सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । फिक्कलदेखि मयुँखोला र गुप्ती नयाँबजार सडक खण्ड कालोपत्रे सम्पन्न भएको छ । बाँकी सडक आगामी चैतमा सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

सूर्योदय नगरपालिकाका गोर्खे जोगमाई, माइजोगमाई गाउँपालिका लगायत विभिन्न क्षेत्रका बासिन्दा सडक निर्माणपछि लाभान्वित भएका छन् । कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएकै कारण यातायात व्यवसायीसँगै स्थानीयलाई समस्या हुँदै आएको थियो । तर कालोपत्रेको काम अगाडि बढेसँगै धेरै सहज भएको सो क्षेत्रका बासिन्दाको भनाइ छ ।

सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष सेरेहाङले पुरानो बाटो निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतिकूल अवस्थाका बाबजुद निर्माण कम्पनीले सडकमा राम्रो काम भएको उहाँको भनाइ छ । बहुवर्षे ठेक्कामार्फत् २०७६ सालदेखि नै निर्माण सुरु भएको सडकको ठेक्का एक पटक म्याद थप भइसकेको छ ।

खनाल कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर डिल्ली खनालले २०७६ सालमा काम सुरु भए पनि २०७७ साल कात्तिकमा ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएको बताउनुभयो । उहाँले बीचबीचमा काममा अवरोध र बाढीले मुख्य संरचना नै बगाए पनि आगामी तीन महिनाभित्रमा सबै निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो ।

गुणस्तरका लागि समय अनुकूल र कालोपत्रे गर्न तापक्रम चाहिने भएकाले निर्माणमा समय लागेको बताइएको छ । पूर्वाधार विकास कार्यालय चन्द्रगढी झापाका इन्जिनियर वीरेन्द्र लामाका अनुसार हालसम्म गुणस्तरीय काम भएको छ । यो सडक डिबिएसटी ९डबल बिटुमिने एस ट्रिटमेन्ट० अनुरुप सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । यो पुरानो प्रविधि भएकाले चुनौतीपूर्ण रहने बताइएको छ । न्यून तापक्रम भएका बेला बिटुमिन ढिलो सेट हुने र बेलाबेलामा सेट नहुन सक्ने सम्भावना रहने उहाँको भनाइ छ ।

कम्पोजिसन कम हुनेजस्ता समस्या रहे पनि सडक निर्माणमा अहोरात्र अनुगमन गरी गुणस्तर कायम गरिएको उहाँको भनाइ छ । भ्याटसहित ५३ करोडको ठेक्कामार्फत् सडक कालोपत्रे भइरहेको छ । सडकको विभिन्न खण्डमा ढलान गर्नुपर्दा थप तीन करोड लागत थप हुने अनुमान गरिएको छ । मुख्यमन्त्री सडकअन्तर्गत इलाम जिल्लामा ठेक्का सम्झौता भएका चार स्थानका सडकमध्ये माई नगरपालिकामा सडक निर्माण सम्पन्न भएको छ । बाँकी तीन स्थानका सडक कालोपत्रे हुने क्रममा छन् ।

TOP