जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको माईबेनी दोभानमा मकर मेला

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको माईबेनी दोभानमा मकर मेला

फिक्कल: इलामको माईबेनी दोभानमा माघे सङ्क्रान्ति (मकर) मेला लागेको छ । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको संगमस्थल माइवेनीमा बर्सेनि लाग्दै आएको माघे सङ्क्रान्ति मेला यस वर्ष पनि लागेकोे हो ।कोरोना महामारी पछि यसपालि मेला भब्य रुपमा लागेको मेला आयोजक समितिले जनाएको छ ।
माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ मेला लागने गरेको छ । सोमबार बिहानै देखि माईबेनी दोभावमा रहेको माइ भगवती मन्दिरमा पुजा गर्नेको भिड लागेको इलाम नगरपालिका वडा नं. १० का अध्यक्ष दिलिप प्रधानले जानकारी दिनु भयो ।
मेलामा इलाम सहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट पर्यटक माइृबेनी आएका छन । यसरी आएका भक्तजन तथा पर्यटक सात दिन सम्म बस्ने गरेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनु भयो । दुबै पालिकाले समन्वय गरी मेला ब्यवस्थापनको काम गरीएको अध्यक्ष थेवेले जानकारी दिनु भयो ।
मेलाका लागि बजार व्यवस्थापन र माइखोलाको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको थियो । माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीय स्तरमा उत्पादन हुने उखु तरुल र सुन्तलाको धेरै ब्यपार भएको छ ।
जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका दुई स्थानिय तह इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल पनि हो । माईबेनी दोभानमा स्नान गर्दा र पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । रमाईलो मेला सहित बिभिन्न सांगीतिक कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।

TOP