कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको माईबेनी दोभानमा मकर मेला

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलामको माईबेनी दोभानमा मकर मेला

फिक्कल: इलामको माईबेनी दोभानमा माघे सङ्क्रान्ति (मकर) मेला लागेको छ । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको संगमस्थल माइवेनीमा बर्सेनि लाग्दै आएको माघे सङ्क्रान्ति मेला यस वर्ष पनि लागेकोे हो ।कोरोना महामारी पछि यसपालि मेला भब्य रुपमा लागेको मेला आयोजक समितिले जनाएको छ ।
माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ मेला लागने गरेको छ । सोमबार बिहानै देखि माईबेनी दोभावमा रहेको माइ भगवती मन्दिरमा पुजा गर्नेको भिड लागेको इलाम नगरपालिका वडा नं. १० का अध्यक्ष दिलिप प्रधानले जानकारी दिनु भयो ।
मेलामा इलाम सहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट पर्यटक माइृबेनी आएका छन । यसरी आएका भक्तजन तथा पर्यटक सात दिन सम्म बस्ने गरेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनु भयो । दुबै पालिकाले समन्वय गरी मेला ब्यवस्थापनको काम गरीएको अध्यक्ष थेवेले जानकारी दिनु भयो ।
मेलाका लागि बजार व्यवस्थापन र माइखोलाको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको थियो । माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीय स्तरमा उत्पादन हुने उखु तरुल र सुन्तलाको धेरै ब्यपार भएको छ ।
जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका दुई स्थानिय तह इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल पनि हो । माईबेनी दोभानमा स्नान गर्दा र पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । रमाईलो मेला सहित बिभिन्न सांगीतिक कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।

TOP