प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदय ६ मा व्यवसायीक तालिम सम्पन्न

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
सूर्योदय ६ मा व्यवसायीक तालिम सम्पन्न

फिक्कल: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सूर्योदय नगरपालिका वडा नं. ६ मा ७ दिनको व्यवसायीक तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रम वडा नं. ६ का अध्यक्ष शिबकुमार बस्नेतको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मेडपा कार्यक्रम अन्र्तगतका कर्मचारी जयन्ती बयक र मुनाकुमारी थारुले सहजीकरण गर्नुृ भएको उक्त तालिममा ब्यवसाय संचालन, ब्यवसायिक शिप आर्थिक बिकास , जोखिम न्यूनीकरण लगायतका बिषय सिकाईएको थियो । तालिममा २९ जनाको सहभागीता रहेको थियो ।
समापनको अवसरमा नगर प्रमुख रणबहादुर राईले शिप सिकेर घरमा बस्ने नभई ब्यवसायमा लाग्न आग्रह गर्नु भयो । उहाले इच्छा शक्ति राखेर काम गरे सफल भइृने बताउनु भयो । उहाले समुहमा बसेर काम गर्न समेत सहभागीलाई आग्रह गर्नु भयो । वडा नं. ६ का अध्यक्ष शिबकुमार बस्नेतले वडाबासीलाई शिप सिकाउन कुनै कन्जुस्याई नगर्ने बताउदै वडाका प्रत्येक सडक आफनै कार्यकालमा हिलो मुक्त बनाईने जानकारी दिनु भयो । उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले आर्थिक रुपमा बस्ती सम्पन्न पार्न उक्त कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।
नगरले मेडपा कार्यक्रम अन्र्तगत तालिम पश्चात ब्यवसाय गर्ने लघु उद्यमीलाई ५० प्रतिशत अनुदान समेत दिदै आएको छ ।

TOP