पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदय ६ मा व्यवसायीक तालिम सम्पन्न

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
सूर्योदय ६ मा व्यवसायीक तालिम सम्पन्न

फिक्कल: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सूर्योदय नगरपालिका वडा नं. ६ मा ७ दिनको व्यवसायीक तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रम वडा नं. ६ का अध्यक्ष शिबकुमार बस्नेतको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मेडपा कार्यक्रम अन्र्तगतका कर्मचारी जयन्ती बयक र मुनाकुमारी थारुले सहजीकरण गर्नुृ भएको उक्त तालिममा ब्यवसाय संचालन, ब्यवसायिक शिप आर्थिक बिकास , जोखिम न्यूनीकरण लगायतका बिषय सिकाईएको थियो । तालिममा २९ जनाको सहभागीता रहेको थियो ।
समापनको अवसरमा नगर प्रमुख रणबहादुर राईले शिप सिकेर घरमा बस्ने नभई ब्यवसायमा लाग्न आग्रह गर्नु भयो । उहाले इच्छा शक्ति राखेर काम गरे सफल भइृने बताउनु भयो । उहाले समुहमा बसेर काम गर्न समेत सहभागीलाई आग्रह गर्नु भयो । वडा नं. ६ का अध्यक्ष शिबकुमार बस्नेतले वडाबासीलाई शिप सिकाउन कुनै कन्जुस्याई नगर्ने बताउदै वडाका प्रत्येक सडक आफनै कार्यकालमा हिलो मुक्त बनाईने जानकारी दिनु भयो । उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले आर्थिक रुपमा बस्ती सम्पन्न पार्न उक्त कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।
नगरले मेडपा कार्यक्रम अन्र्तगत तालिम पश्चात ब्यवसाय गर्ने लघु उद्यमीलाई ५० प्रतिशत अनुदान समेत दिदै आएको छ ।

TOP