Hamropalika menu advertisement

खुकुरी प्रहारबाट महिलाको हत्या

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
खुकुरी प्रहारबाट महिलाको हत्या


उदयपुर, २८ भदौ । उदयपुरको कटारी नगरपालिका–११ लखनथुम्का बस्ने ५० वर्षीय डोरकुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ ।

उनको हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान साँढे ८ बजेको समयमा घरमा नै बसीरहेकी राउतलाई निजकै घरमा आई मगरले एक्कासी लछार पछार गर्नुका साथै खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका–११ हात्तीसुँडेस्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । झापा अनलाईन बाट साभार

TOP