प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

पाथीभरा मन्दिर परिसरमा छहारी फाउण्डेशनको सरसफाई

  • प्रकाशित मितिः June 14, 2026
  • हाम्रो पालिका
पाथीभरा मन्दिर परिसरमा छहारी फाउण्डेशनको सरसफाई

इलाम: इलामको रोङ गाउँपालिका ३ कुटीडाँडामा रहेका पाथिभरा मन्दिर परिसरमा शुक्रबार सरसफाई कार्यक्रम गरिएको छ ।
छहारी फाउण्डेशन नेपालको आयोजनामा पाथीभरा मन्दिर परिसर र पाथीभरा जाने सीडीमा सरसफाई गरीएको हो । छहारी फाउण्डेशन नेपालको आयोजना तथा रोङ गाउँपालिका , शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्प र हर्कटे प्रहरी चौकीको सहयोगमा मन्दिर परिसरमा रहेका प्लाष्टिक, पानीका बोतल , प्लाष्टिक जन्य सामग्री संकलन गरीएको संस्थाका अध्यक्ष यमन लामाले जानकारी दिन भयो ।
गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले झाडु लगाए कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उहाले पाथीभरा मन्दिर परिसरलाई सधै सफा र ब्यवस्थित राख्नका लागि गाउँपालिकाले पहल गरीरहेको जानकारी दिनु भयो । मन्दिर परिसरमा आगन्तुक र भक्तजनले लगेका प्लाष्टिक जन्य सामग्रीले बढी फोहोर हुने गरेको छ । संस्थाले माघ १ गते माईजोगमाई र इलाम नगरपालिकाको संगम स्थल माइबेनी दोभानमा स्वाथ्य शिविर संचालन गर्ने भएको छ ।
मन्दिर परिसरमा गाउँपालिकाले टहरा निर्माण गरी साना ब्यवसायीलाई ब्यवस्थित गरेको छ । रोङ गाउँपालिकाले मन्दिरलाई आफनो स्वामित्वमा ल्याएपछि मासिक १२ देखि २० लाख सम्म आम्दानी गर्दै आएको पाथीभरा संरक्षण तथा ब्यवस्थापन बिकास समितिका सचिव एघा अर्यालले जानकारी दिनु भयो । समितिले मंसिरमा २० लाख रुपियाँ आम्दानी गरेको छ ।

 

 

TOP