जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम गोल्डकपको खेल तालिका सार्वजनिक

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाम गोल्डकपको खेल तालिका सार्वजनिक

इलाम :  आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएसँगै खेलतालिका सार्वजनिक गरिएको छ ।

आयोजक रेड हर्ष फुटबल क्लबले ठूलो टुँडिखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम ९एनआरटी० काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।

प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने जनाइएको छ। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । अनलाईन रेडियो नेपाल

TOP