जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको माङ्सेबुङलाई अध्यक्ष कपको उपाधि

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको माङ्सेबुङलाई अध्यक्ष कपको उपाधि

इलाम: ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेश स्तरीय अन्तर स्थानिय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले उपाधि जितेको हो ।

जितसँगै माङ्सेबुङले नगद पाँच लाख सहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ शिल्ड साथै मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलिष्ट सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र लालिगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाण–पत्र पुरस्कार वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

कृषि पर्यटन र युवाहरुमा रोजगारी साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाई छ । प्रतियोगितामा कोशी प्रदेशका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानिय तहको सहभागीता रहेको आर्थिक संयोजक रामकुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बु र उत्कृष्ट खेलाडीको उपाधी मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको राईले बताउनुभयो ।

विजेतालाई कोशी प्रदेश खेलकुद समितिका सदस्य सचिव हंशराज वाग्ले, संविधान सभा सदस्य पुर्व सांसद यज्ञराज सनुवार, राष्ट्रिय गानका सर्जक ब्याकुल माईला ९प्रदिपकुमार राई० लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । गोरखापत्र अनलाईन

TOP