खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

इलामको माईजोगमाईमा कृर्षकका समस्या समाधान गर्न अन्तरक्रिया

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
इलामको माईजोगमाईमा कृर्षकका समस्या समाधान गर्न अन्तरक्रिया
Spread the love

इलामः इलामको माईजोगमाई गाउँपालिकामा दुग्ध लगायत कृषि क्षेत्रका समस्या समाधानका विषयमा सरोकारवालाबिच अन्तरकृया भएको छ । मंगलबार पालिकाको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा अध्यक्ष,उपाध्यक्ष,अन्य जनप्रतिनिधि,कृषि र पशु शाखाका प्रमख, उद्योगी ब्यवसायी तथा कृषकहरुको उपस्थिति रहेको उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विद्यमान कृषि समस्या र समाधानमा स्थानीय सरकारको प्रयासका बारे छलफल गरिएको छ । बजार अभावले कृषि क्षेत्र संकटमा पुगेको भन्दै किसानहरुले गुनासो गरेका छन् । उनिहरुले दूध सहित किसानले उत्पादन गरेका कृषिजन्य उपजको खच्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण किसानको बाँच्ने जग कमजोर बनेको बताएका छन् ।

अन्तकृया कार्यक्रममा पारस नेउपाने,प्रदिप खड्का,देविभक्त शिवाकोटी,सुमन वेगा लगायतका किसानहरले कृषि क्षेत्रमा प्रोत्साहन कम भएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।माईजोगमाई क्षेत्रमा दिनहुँ उत्पादन हुने दूधको विक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल स्टक रहेका घिउ, छुर्पी र अन्य कृषि उपज विक्रीका लागि व्यवस्था गर्न माग गरिएको उनिहरुले बताएका छन्

जीवनयापनको आधार कृषि भएको मुलुकको ७५ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याती कमाएको जिल्ला भएपनि जीवनयापनको आधार संकटग्रस्त भएको किसान प्रदिप खड्काले बताउनुभयो ।भारतबाट आयात हुने दुग्ध पदार्थभन्दा सस्तोमा यहाँको दुग्ध परिकार उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान,किसानलाई राहात रकम उपलब्ध गराउन माग गरिएको छ ।

‘कृषकले थालेको दूध र दुग्ध व्यवसाय करिब एक वर्षदेखि बजारमा आएको उत्तारचढावका कारण अप्ठ्यारामा छ ।्,’ ब्यवसायी ताया महतले भन्नुभयो, ं‘अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ,सरकार चनाखो हुनुपर्यो ।’राजेन्द्र लिम्बु,छत्र निरौला लगायतका ब्यवसायीहरुले स्थानीय सरकारमार्फत् तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेका हुन् ।

किसान र ब्यवसायीले उठाएका कृषि तथा पशु विषयका प्रश्नको जवाफ कृषिशाखा प्रमुख उषा श्रेष्ठ र पशुशाखा प्रमुख सुमन देवानले दिनुभएको छ ।
पालिका उपाध्यक्ष प्रविना राईले वडा वडामा लम्पि स्किन बाट पीडित किसान पहिचान गर्ने र कार्यपालिकाबाट निर्णय गरेर राहात प्रकृया अघि बढाउने बताउनुभयो ।उहाँले उपाध्यक्षसंग युवा उद्यमी कार्यक्रमले थप युवालाई जोड्ने र ब्यवसायीक बनाउन सहयोग पुग्ने बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले किसान र ब्यवसायीले उठाएका समस्याप्रति पालिका चिन्तित भएको बताउँदै तीन तहको सरकार बिच समन्वय गरेर किसानका समस्या समाथान गर्ने बताउनुभएको छ ।दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घिउ र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीलेसमेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । जसका कारण कृषकहरू अप्ठ्यारोमा परेका छन्।

यसअघि गुणस्तरको आधारमा प्रतिलिटर ७० रुपैयाँसम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० रुपैयामा चित्त बुझाउनु परेको छ । इलाममा दुग्ध विकास संस्थान ९डीडीसी०र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब ४ हजार परिवार कृषकको यस्तै ब्यथा छ ।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घिउ र पाउडर गरेर १ सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिनुभयो । ‘भण्डारण कक्ष कुनै खाली छैनन्।’ उहाँले भन्नुभयो, ‘बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपुर्ण बन्दै गएको छ ।’

TOP