जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय १ गोर्खेका २५ ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर सम्मान

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सूर्योदय १ गोर्खेका २५ ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर सम्मान

इलामः बिहानको खाना खाएर आगनमा घाम ताप्न निस्कनुभएका ९२ बर्षीय तुलसीराम अधिकारीलाई नमस्कार टक्रयाउँदै बुधबार वडाको टोली आईपुग्यो ।सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष राजकुमार शेरेङ सहितको छ सदसीय टोलीले घरमा आएर स्वास्थ्य परिक्षण,सम्मानपत्र वितरण र न्यानो सिरक दिएपछि मकरजुङका तुलसीरामले खुसी हुँदै भन्नुभयो, ‘पहिले भोट माग्न आउनुभएको थियो,अहिले सम्मान गर्नुभो, हाम्रो वडाको भलो होस् ।’

९५ बर्षीय काशिराम पोखरेलले विगतका पुरानो अनुभव सुनाउँदै राणाकाल र राजतन्त्रमा बोल्नै नपाउने गरेको बताउनुभयो । संघियता आएपछि नजिकैको सरकारले हरेक बर्ष सेवा गरिरहेकोमा पोखरेल दंग हुनुहुन्छ ।वडा कार्यालयले ८५ बर्ष नाघेका २५ ज्येष्ठ नागरिकलाई सम्मान गरेको वडा सचिव गोविन्द चेम्जोङले जानकारी दिनुभयो । वडाको टोलीले ज्येष्ठ नागरिकको घरघरमा पुगेर प्रेसर परिक्षण, स्वास्थ्य अवस्थाको जानकारी लिएको र न्यानो कपडा र सम्मानपत्र वितरण गरिएको चेम्जोङले बताउनभयो । गोर्खे स्वास्थ्य चौकीका प्रमुख विकास राईले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

समाजमा ज्येष्ठ नागरिकहरुले इतिहास,सामाजिक संस्कार,भाषा साहित्य,परम्परागत ज्ञान, आदर्श, मुल्यमान्यताहरु वर्तमान तथा भावी पुस्तामा हस्तान्तरण गर्दै समाज विकासमा योगदान दिँदै आउनुभएकोले सम्मान गरिएको वडाध्यक्ष शेरेङले बताउनुभयो ।  कार्यक्रममा वडाध्यक्ष,वडासचिव सहित सदस्यहरु,रोशन बुडाथोकी,डिक बहादुर मगर,चन्द्रकला विश्वकर्मा, मुन्ना कुमारी राई गोर्खे स्वास्थ्य चौकीका प्रमुख विकास राई समेतको सहभागिता रहेको थियो ।

TOP