जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको रोङका सामुदायिक बिद्यालयमा संचालित वाल बचत खाता प्रभावकारी बन्दै

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको रोङका सामुदायिक बिद्यालयमा संचालित वाल बचत खाता प्रभावकारी बन्दै

फिक्कल: इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयका बिद्यार्थीको बाल बचत खाता संचालनमा ल्याएको छ । गाउँपालिकाले ‘अध्यक्षसँग बिद्यार्थी’ कार्यक्रमको कार्यबिधी–२०८० बनाएर सामुदायिक विद्यालयका विद्यार्थीले दैनिक न्यूनतम एक रुपियाँ बचत गर्ने गरी बाल बचत खाता सञ्चालनमा ल्याएको हो ।
कक्षा नर्सरीदेखी कक्षा १२ सम्मका विद्यार्थी लाभान्वित हुने गरी संचालनमा ल्याईएको बचत कार्यक्रममा विद्यार्थी र अभिभावकले न्यूनतम एक रुपयाँ भन्दा बढी जति पनि रकम दैनिक बचत गर्न पाउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । उक्त अभियानमा बिद्यार्थीका अविभावकले बैङ्कमा बचत गरीदिन सक्ने ब्यवस्था गरीएको छ । विद्यार्थीकोे उक्त बचत खातामा गाउँपालिकाले एक रुपियाँका दर प्रत्येक दुई महिनाको एकमुष्ट रकम बैंकमा जम्मा गरिदिने गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिनु भयो । प्राईम बैंकमा बिद्यार्थीको खाता संचालन गर्न गाउँपालिकाले सम्झौता गरेपछि बिद्यार्थीले खाता संचालनका लागि फारम भरी सकेका छन् । गाउँपालिका भित्रका ३० वटा सामुदायिक बिद्यालयका दुइृ हजार चार सय ४५ जना बिद्यार्थीले खातामा रकम जम्मा गर्ने छन् ।
गाउँपालिका अध्यक्ष स्याङबोले न्यूनतक दैनिक एक रुपियाँ जम्मा गर्ने भनीए पनि मासिक एक सय रुपियाँ देखि पाँच हजार पाँचसय रुपियाँ सम्म जम्म गरेको जानकारी दिनु भयो । कार्यक्रमले बिद्यार्थीलाई उद्यमशीलता सँग जोड्ने जनाईएको छ । बालबालिकालाई सानै उमेरदेखी बचत गर्न सिकाउनु, बालबालिकामा वित्तीय साक्षरता अवधारणा विकास गर्नु, अनावश्यक खर्च कटौती, विद्यार्थीको उच्च शिक्षामा आर्थिक भार कम गर्नु र स्थानीय सरकारले शिक्षामा गरेको लगानीमा विद्यार्थी सहभागी हुनु कार्यक्रमका मुख्य विशेषता रहेको रोङ गाउँपालिका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनु भयो ।
‘अध्यक्षसँग विद्यार्थी, कार्यक्रमका लागि विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष स्याङबोले भन्नु भयो‘आर्थिक अभावमा पढाईबाट कोही पनि बञ्चित हुनु नपरोस भन्ने हाम्रो उद्देश्य हो ।’
बचत संकलनको लागि बालबालिका पढ्ने सम्बन्धित विद्यालय व्यवस्थापक रहने छ । बचतका लागि विद्यार्थीलाई पासबुक र मोबाइल एप्स समेत प्रमाणका लागि व्यवस्था गराईनेछ । बचतको प्रमाण बालबालिकाका अभिभावकले समेत मोबाइल एप्सबाट थाहा पाउनेछन् । बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार गरिएको र फोकल शिक्षकलाई तालिम समेत गराउने पालिकाको तयारी छ ।
गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले बचत कार्यक्रम शुरु भए पछि बिद्यार्थी र अविभावमा उत्साह थपिएको बताउनु भयो । ‘अनावश्यक खर्च कटौती गरी भविष्यका लागि बचत गर्ने बानी बिद्यार्थीले सानै देखि बसाल्ने छन भन्ने आश गरेका छौ।’
स्थानीय सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले बालबचत अभियानले बिद्यार्थीको फजुल खर्च गर्ने बानीमा कमी भई सानै देखि बचत गर्ने बानीको बिकास हुँने भएकाले उक्त कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । गाउँपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि बिद्यालयमा ई हजारी संगै कम्प्युटर शिक्षालाई अनिवार्य गरेको छ । शिक्षकलाई कम्प्युटर तालिम दिएर गाउँपालिकाले बिद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य दिएको छ । पालिकाले बिद्यार्थीका अविभावकलाई बिद्यालय प्रति जागरुक गराउन अविभावक शिक्षा समेत लागु गरेको छ ।

TOP