जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था, १३७ किसान प्रत्यक्ष लाभान्वित

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था, १३७ किसान प्रत्यक्ष लाभान्वित

इलाम :  इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाख रुपैयाँको लागतमा चारवटा सिचाईं कूलो निर्माण सम्पन्न भएका छन् । माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा छुट्टाछुट्टै सिचाईं कूलो निर्माण सम्पन्न भएका हुन् । गाउँपालिकामा संचालित साना सिचाईं कार्यक्रम अन्तरगत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलम सिचाईं कूलो निर्माण सम्पन्न भएको वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।

सिचाईं कूलो निर्माण भएपछि एक सय ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएको वडाअध्यक्ष योङहाङले बताए । सिचाईं कूलोबाट त्यहाँका सयौं रोपनी जग्गामा सिचाईं सुविधा पुगेको छ ।स्थानीय लम्फेवा खोलाबाट तिनवटा सिचाईं कूलो र फेवाखोलाबाट एउटा सिचाईं कूलो निर्माण भएको छ । पाटीगाउँमा रु ४८ लाखको लागतमा कृषि सिचाईं कूलो निर्माण भएको हो । लम्फेवा खोलाबाट दुई हजार दुई सय मिटर लम्बाईको कूलो निर्माण भएको हो । नौ सय ९२ मिटर पक्की ढलान भएको छ । त्यहाँबाट पाटीगाउँ र आसपासका ४० घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

त्यस्तै, लम्फेवा खोलाबाटै गजुरमुखी धाम आसपासका लागि रु ४५ लाखको लागतमा अमले सिचाईं कूलो निर्माण भएको छ । निर्माण भएको दुई हजार मिटर लम्बाईको कूलोमा आठ सय ५० मिटर पक्की ढलान भएको छ । त्यहाँबाट गजुरमुखी धाम र आसपासका ३४ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा रु ५३ लाखको लागतमा सातबिसे सिचाईं कूलो निर्माण भएको छ । निर्माण भएको दुई हजार मिटर लम्बाईको कूलोको एक हजार एक सय २० मिटर पक्की ढलान भएको छ । त्यहाँबाट दोभान र आसपासका ३२ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस्तै, माङसेबुङ गाउँपालिका(१ र २ को सीमानामा पर्ने फेवा खोलाबाट तोभाङमा रु ६८ लाखको लागतमा चिउरीबोटे सिचाईं कूलो निर्माण भएको छ । निर्माण भएको तिन हजार मिटर लम्बाईको कूलोमा एक हजार तिन सय ७५ मिटर पक्की ढलान भएको छ । त्यहाँबाट तोभाङ र आसपासका ३१ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

कूलो निर्माणका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०र२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी थियो ।माङसेबुङको मुख्य मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सिचाईं कूलो निर्माण भएको हो’ वडा अध्यक्ष योङहाङले भने, ‘यहाँबाट आयोजना क्षेत्रका एक सय ३७ घरधुरी किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरुका सयौं रोपनी जग्गा सिंचित भएको छ ।’

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आय आर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन भएको हो । नयाँ बुलन्द

TOP