जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

गुन्द्रुक बनाउन सिकाउँदै इलाम नगरपालिका

  • प्रकाशित मितिः April 23, 2026
  • हाम्रो पालिका
गुन्द्रुक बनाउन सिकाउँदै इलाम नगरपालिका

इलाम: इलामका ग्रामीण भेगमा किसानको घरका बारीभरीे साग उत्पादन हुन्छ । कतिपय किसानले आफूले बेलाबखत खाने र चैत–बैसाखका लागि ‘गुन्द्रुक’ हाल्ने गरेका छन् । तर उत्पादन भएको सबै साग खाएर र गुन्द्रुक हालेर सकिँदैन । उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाएर सक्ने गरेका छन् । गाउँमा तरकारी किन्न व्यापारी पनि पुग्दैनन् । धेरै जसो ठाउँमा कच्ची सडक भएको कारण गाडीले धेरै भारी बोक्न नमान्ने गरेका गाउँमा उत्पादन भएको तरकारी त्यतिकै नाश भएर गइरहेको छ ।
स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलाम नगरपालिकाले उद्यमशीलता कार्यक्रम अन्तर्गत गुन्द्रुक उत्पादन, प्रशोधन बजारीकरण सम्बन्धी तालिम तालिम सञ्चालन गरिरहेको छ । हरेक किसानले उत्पादन गरेको साग खेर फाल्नुपर्ने अवस्था आउन नदिन गुन्द्रुक, उत्पादन, प्रशोधन गरेर बजार सम्म पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । गुन्द्रुक मात्रै होइन आलु र इस्कुसबाट चिप्स बनाउने र प्याकेज गर्ने गरीको तालिम सञ्चालन भएको इलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी दाहाल लिम्बुले बताइन ।
कृषक महिलाहरूलाई व्यवसायी बनाउने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गरेको लिम्बुको भनाई छ । तालिममा चार र पाँच वडाका ३० जना भन्दा बढी सहभागी रहेका थिए । गुन्द्रुक उत्पादन, प्रशोधन बजारीकरण सम्बन्धी वडा नं चारमा सञ्चालन भएको थियो भने आलु, इस्कुस, किवीलाई स्लाईस बनाउने तालिम इलाम नगरपालिका पाँचको तोरीवारिमा सञ्चालन भएको थियो । तालिममा सप्तमाई कृषि तथा पशुपालन समूह इलाम न।पा।–५ तोरीवारिलाई पोटे टो स्लाईसर मेसिन हस्तान्तरण गरिएको छ । उक्त मेसिनबाट स्लाईस बनाएको वस्तुलाई सुकाएर प्याकिङ गरेर बजारमा ल्याइने उपप्रमुख दहालले बताइन । नगरपालिकाले किसानको उत्पादनलाई बजार पु¥याउनका लागि विभिन्न किसिमका तालिम सबै वडामा मिलाएर लैजाने जनाएको छ ।
इलाम नगरपालिका चारका वडाध्यक्ष तथा प्रवक्ता नुतन देव दुलालले यस क्षेत्रमा सागको राम्रो उत्पादन हुने भएकोले यसको प्रशोधन गरि गुन्द्रुक बनाएर आन्तरिक बजारमा बिक्री वितरण गर्न सकिने भएकोले कृषिलाई प्राथमिकता राखेको इलाम नगरपालिकाले सिप विकासको माध्यमबाट स्वरोजगार बनाउन कार्यक्रम अघि सारेको बताए । जिल्लामा सबै भन्दा पहिले इलामको रोङ गाउँपालिकाले भने किसानको जीवनस्तर उकास्नका लागि स्थानीय स्तरमै उद्योग सञ्चालन गरी कृषि उत्पादनलाई प्रशोधन गर्न थालेको थियो । सुरुवाती चरणमा रोङ गाउँपालिकाको देवनछाप साना किसान कृषि सहकारी मार्फत उद्योग सञ्चालन गरी गुन्द्रुक उत्पादन सुरु गरेको हो ।

सागलाई बट्टा अथवा खाल्डोमा लगाएर नअमिल्युनजेल छोप्ने गरिन्छ । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइन्छ । यसरी बनेको गुन्द्रुक तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ । छिप्पिएको रायो, तोरी, मुलाका पात टिपेर घाममा केही दिन ओइलाइन्छ । त्यसलाई ढिकीमा अथवा कुनै प्रविधिबाट कुच्याइन्छ र गहिरो खाडल वा प्लास्टिकको भाँडोमा खाँद्ने गरिन्छ । खाडलमा लगाइएको भने खाल्डोमाथि पुरेपछि आगो बालेर तताइन्छ । प्लास्टिकको भाँडोमा लगाइएको भए तातो ठाउँमा राखिन्छ ।
यसरी लगाइएको २२ देखि ४० दिन भित्रमा निकालिन्छ। खाल्डोमा लगाइएको भए माटो नलागोस् भनेर वरिपरि बाँसका ढ्वाङ, पराल, प्लास्टिक कोदोको नल आदि लगाएर बिचमा खाँदेर छोपिन्छ । सागअनुसार अट्ने खाल्डो खनिएपछि त्यसलाई समेत केही दिनभित्र आगो बालेर तातो पारिन्छ । लगाइएको प्राय २२ देखि एक महिनामा यसको स्वाद अमिलो हुन्छ । निकालेर आवश्यकता अनुसार काटेर घाममा सुकाइन्छ । यसलाई तरकारी वा अचार बनाएर खाने गरिन्छ । सिन्की र गुन्द्रुक बनाउने तरिका एउटै हो । मुलाबाट सिन्की निर्माण हुन्छ भने सागबाट गुन्द्रुक तयार हुन्छ ।सन्दकपुर अनलाईन

TOP