जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

मेची राजमार्ग बन्द फिर्ता भएपछि यातायत सुचारु

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
मेची राजमार्ग बन्द फिर्ता भएपछि यातायत सुचारु

फिक्कल: पहिचानबादी समुहले कार्यकता रिहाईको माग गर्दै गराएको मेची राजमार्ग फिर्ता भएको छ । पक्राउ पर्नु भएका पहिचानवादी नेता बुलेट किरातीलाई अदालनको आदेशमा धरौटीमा छोड्ने भएपछि मेची राजमार्गको बन्द फिर्ता भएको हो ।
जिल्ला अदालतले किरातीलाई दुई लाख रुपियाँ धरौटीमा रिहाई गर्न हिजो साझ आदेश दिए पछि बन्द फिर्ता भएको प्रदेश नं. १ पुर्न नामाङक्न समितले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ । प्रदेश नं. १ पुर्न नामाङक्न समितका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बिभिन्न कार्यक्रममा अंगभंग भएका र घाईतेको उपचार सहित उचित क्षतीपुर्तीको ब्यवस्था समेत सरकारले गर्नु पर्ने बताउनु भयो ।
बन्द फिर्ता भए पछि मेची राजमार्गमा यातायत सुचारु भएको छ । हिजो देखिको बन्दले ठूलो संख्यामा पर्यटक बाटबाटै अलपत्र परेका थिए । केहि दिन अघिको बन्दको क्रममा मेची राजमार्गको कोल्बुङमा पराल बोकेको पिकअपमा आगजनी गरेको अभियोगमा किरातीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

TOP