जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयले लम्पिस्किन महामारीमा क्षति भएका पशुको राहात रकम दिने

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयले लम्पिस्किन महामारीमा क्षति भएका पशुको राहात रकम दिने

फिक्कल : सूर्योदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने भएको छ । नगरपालिकाको आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेको छ ।जस अनुसार माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएको हो । नगरपालिकाले लम्पिस्किन रोग नियन्त्रण गर्न खोप अभियानलाइ सघन रूपमा सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरिने छ । त्यस्तै किसानलाई स्वस्थ रूपमा पशुपालनको तालिम समेत गराइनेछ । लम्पिस्किन रोगबाट पशुधन क्षति भएका लाभग्राहि सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।समितिले लम्पिस्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्ने छ ।

नगरपालिकाले लम्पिस्किन रोगबाट भएको छतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ रकम विनियोजन गरेको छ । नगरपालिकामा लम्पिस्किन रोगबाट सात सय ४४ गाईबस्तुको क्षति भएको छ ।त्यस्तै नगरपालिकाले पशु र बालि बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न नगर प्रवक्ता ख्याम भुजेलले बताए । बिमा प्रोत्साहनको लागि दश लाख रूपैया विनियोजन भएको छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

TOP