जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सलकपुरमा मासियो सुन्तला, बिकल्प खोज्दै किसान

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सलकपुरमा मासियो सुन्तला, बिकल्प खोज्दै किसान

गोविन्द पौडेल,सलकपुर:

कुनैबेला इलामकै सर्वाधिक सुन्तला उत्पादन हुने सलकपुरमा सुन्तला मासिएको छ । सुन्तलाबाट मनग्गे आम्दामी गरेर दैनिक जीवन निर्वाह गर्नै किसानहरु अहिले भने बिकल्पमा अलैची,कफी एवोकार्डो जस्ता खेतिमा लागेका छन् ।

सुन्तलाको खेतिले बार्षिक करोड भन्दा बढि रुपैया भित्रने सलकपुरमा सुन्तलामा बिभिन्न रोगलागेर बगानै स्वाहा भएको र अव त दाउरा पनि सकिएको सलकपुरका किसान ईश्वरी अधिकारीले बताए ।

कुनैबेला सलकपुरकै टप बगान रहेको अधिकारीले सुन्तला बारिमा अलैचि,कफी,र एवोकार्डो रोपेर आम्दानी लिने गरेपनि सुन्तला जस्तो धेरै नहुने बताए ।यता सलकपुरका अर्का किसान निमा स्याङ्वोको पनि बगान सकिएपनि पुनस्थापनाको प्रयासमा रहेपनि निरोगी बोट नभएको वताउछन् ।

सलकपुरका पुराना बगान सबै मासिएपनि चोकपुर र आसपासका दुईचार बगान भने राम्रै रहेको तर यी वगानहरु नया ठाउमा नया बोटहरु मात्रै रहेको चोकपुरका मदन बिमलीले बताए ।
यता सलकपुरमा सुन्तला मासिदो भएपनि रोङ ६ कै अन्य ठाउहरु कुवापानि,जौवारी,जिर्मले लगायतका ठाउहरुमा भने नया स्थान र नया बगानहरुमा सुन्तला खेती राम्रै रहेको पाईन्छ ।

सलकपुरमा यो सिजनमा पहेलपुर सुन्तला हुदा भारतीय र नेपालको बिभिन्न ठाउहरुवाट पर्यटकहरु आउन,बगानमै सुनला किनेर खाने र लाने हुदा आर्थिक गतिबिधि समेत राम्रो रहेको तर अहिले सुन्तला पर्यटक कम हुने गरेको स्थानिय घरवास ब्यवसायी एव बनाना एग्रो कटेजका सचालक याम अधिकारी बताउछन् ।अधिकारी पनि सुन्तला किसान अनि केराको परिकार बनाएर ब्यवसाय सचालन गरेर बसेका युवा हुन ।

सलकपुरमा उत्पादन भएको सुजन्तलालाई बजार अभाव भने थिएन ।धेरैले सुन्तलाको बगान नै बेच्ने गरेका थिए भने केहिले टिपेर आउने पर्यटकहरुलाई खुद्रा बेचेरै पनि सकिने गरेको स्थानिय युवा सुमन तामाङले बताए ।

TOP